International

कोरोनाले मृ’त्युदर अत्याधिक बढेपछि व्राजिलले गर्यो यस्तो अनौठो काम

एजेन्सी । विश्वव्यापी फैलिएको कोरोनाले अहिले ब्राजिलमा अस्वभाविक रुपमा मानिसको निधन हुन थालेको छ । प्रत्यक मिनेटमा मानिसको निधन कोरोनाका कारण हुन थालेको छ ।

अस्वभाविक मृ’त्यु दर इन्टरनेटनमा अपडेट हुन थालेपछि ब्राजिलले सरकारी वेबसाइटबाट कोरोना भाइरस ‘कोभिड १९’ को तथ्यांक नै हटाएको छ। निधन हुनेको संख्या बढेको देखेर सर्वसाधारणमा पर्ने मानसिक त्रासलाई मध्यनजर राखेर सरकारी साइटमा त्यो तथ्याकं हटाइएको हुन सक्ने अनुमान लगाइएको छ ।

कोरोनाका कारण निधन हुनेको संख्या अस्वभाविक रुपमा बढ्न थालेपछि राष्ट्रपति जायर बोल्सोनारोको चर्को आलोचना हुन थालेको थियो । आलोचनाको सामना गर्न कठिन हुन थालेपछि यस्तो निर्णय लिएको हो । ब्राजिलले महिनौंयता राखेको कोरोना तथ्यांक हटाएको बीबीसीले जनाएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालकाअनुसार अब ब्राजिलले २४ घण्टामा कति संक्रमित भए, कति निको भए र कतिको निधन भयो भन्नेबारे मात्र जानकारी दिनेछ। समय सयममा आउने अपडेट भने हटाइएको छ ।

राष्ट्रपति बोल्सोनारोका अनुसार कोरोना तथ्यांकले ब्राजिलको वास्तविक यथार्थलाई झल्काउन नसक्ने प्रतिकृया दिएका छन् ।

ब्राजिल यतिबेला कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित देश हो। यशियाका मुलुकमा भारतमा सबैभन्दा बढी प्रभाव पारेको छ ।

हाल ब्राजिलमा कोरोनाका कारण हुने मृ’त्युदर सबैभन्दा उच्च छ। रोयटर्सले शनिबार ब्राजिलमा मिनेट मिनेटमा मानिसको मृ’त्यु भइरहेको जनाएको थियो।

बीबीसीका अनुसार ब्राजिलमा ६ लाख ४० हजारमा कोरोना पुष्टि भएको छ। त्यहाँ ३५ हजारभन्दा बढीको मृ’त्यु भइसकेको छ।

Related Articles

Back to top button