News

दुखद खबर : कोरोनाबाट मृ’ त्यु भएकी महिलाको शिशुमा पनि देखियो यस्तो लक्षण !

सिन्धुपाल्चोक बाह्रबिसकी २९ वर्षीया महिलाको गत बिहीबार उपचारका क्रममा ज्या’ न गएको थियो । बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतालमा भर्ना गरिएको थियो । धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरे ।

ताम्राकारका अनुसार कम समयमा नै शिशुको जन्म भएको हो। ‘आइतवार बिहानसम्मको स्थितिमा शिशुको अवस्था सामान्य नै देखिए पनि उसमा जन्डिस देखापरेको छ’ डाक्टर ताम्रकारले भने, ‘शिशुको आइसोलेसनमा उपचार भइरहेको छ ।’ आमाको कोरोना भाइरसको संक्रमणका कारण मृ’ त्यु भएकाले शिशुको पनि थ्रोड स्वाब लिइएको छ।

यीनै हुन् नेपाली डाक्टर जसले नेपालमै कोरोनाको खोप बनाए !

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडा स्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोना विरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।

अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोना विरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञसँग कोरोना विरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिनुभयो ।

यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोग शाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिनु भयो ।

“सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नु पर्छ,त्यसपछि डब्ल्युएच ओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”,प्रा गैरेले भन्नुभयो । उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ ।

प्रा डा दासले दुई महिनादेखि कोरोना भाइरस विरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गर्नुभएको जिकिर गर्नुभएको छ ।

Related Articles

Back to top button
Close