‘मन मिले विकसंग विवाह गर्न तयार सुष्मा कार्की
पछिल्लो समय नेपाली सिने नगरिको गतिविधि ठप्प छ । तर यससँग सम्बन्धि कलाकारहरूको भने चर्चा परिचर्चा संगै विवाद पनि भैरहेको यथार्थ छर्लङ्ग छ । केही साता अघि निक्कै चर्चा र विवादको दलदलमा फसेकी अभिनेत्री सुष्मा कार्कीले फेरि नया अभिव्यक्तिहरु मिडियामा राखेकी छन् । एक टेलिभिजन अन्तरबार्तामा सुष्माले चामल, नुन, दाल लगायतको खाद्यन्न ७०/८० जनालाई बितरण गरेको बताउदै सो बितरणको फोटोलाइ सामाजिक संजालमा कतै सार्बजनिक नगरेको जिकिर गरिन ।
यस्तै आफू सानै देखि राजावादी रहेको बताउदै राजसस्था फर्कने अभिव्यक्ति राखिन । त्यस्तै पुजा शर्मा संगको द्वन्द्व र विवाद कहाँ पुग्यो भन्दा उनले लकडाउन छ, प्रोसेसमै छ भन्ने जवाफ फर्काउदै आफुले न्याय पाउनुपर्ने बताईन् भने पुजासंग बोल्नु पर्ने कुनै जरुरी आफ्नो लागि नभएको समेत भनिन् । फेक एकाउन्टहरुको म्यासेज टेकुमा दिएको ५ हप्ता भैसकेको कारण अब निष्कर्षमा पुग्न लागेको जानकारी गराउदै यसबारे १/२ दिन पछि सबै सत्यतथ्य सार्बजनिक गर्ने पनि बताईन ।
रातारात १०/२० ओटा एकाउन्टबाट फेक म्यासेज पठाएर यस्तो लकडाउनको बेला दिमाग खराब गरेर जे सक्नु हुन्छ गरे हुन्छ भन्दै आफुलाई जहाँ बोलाए पनि आइदिने बताईन । यता पुजा सर्माले दुख दिरहेको छ भन्ने प्रस्तोताको जिज्ञासामा उनले “वहाँ एकदम माहिर हुनुहुन्छ यस्तो उसमा, यो मैले मात्रै हैन कति धेरै नायिकाहरुले पनि भनेको रेकर्ड” आफू संगै रहेको सुनाइन् ।
त्यस्तै सुष्माले रुकुम घटनाको बारे पनी आफ्नो अभिव्यक्ति राख्दै मन मिल्यो भने आफू बिकसंग पनि विवाह गर्न तयार रहेको सुनाइन् भने उनले आफ्नो घरमा काम गर्न बिक नै आउने गरेको पनि खुलाईन । कुराकानिकै क्रममा सुष्माले बलिउडका चर्चित अभिनेता सलमान खान मनपर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना रहेको र नेपालमा सरोज खनाल र राजेस हमाल मात्र मनपर्ने बताइन् ।