Health

कोरोना भाइरसको भ्याक्सिन परीक्षण हुँदैः जान्नै पर्ने ७ कुरा सबैलाई एक शेयर गरौँ

एजेन्सी। विश्वलाई त’रंगित बनाइरहेको को’रोना भा’इरस वि’रूद्धको भ्याक्सिन आज मानसिमा परीक्षण गरिँदैछ । लण्डनको अक्सफोर्ड युनिभर्सिटिले विकास गरेको यो भ्याक्सिन परीक्षणका लागि अनुमति पाएसँगै आज (बिहीबार)बाट मानवमा परीक्षण हुने भएको हो। अनुमति पाएको भ्याक्सिन को’रोना वि’रूद्ध ल’ड्नका लागि शक्तिशाली अस्त्र हुने यसका संलग्न वैज्ञानिकहरूले विश्वास लिएका छन् ।

यसको पहिलो कदम आजबाट सुरू हुँदैछ। को’रोनाले विश्वलाई त’रंगित बनाइरहेका बेला यस वि’रूद्धको औषधि र उपचारपद्धतिका बारेका विश्व नै अ’न्योलमा परेको छ।
मानवमा परीक्षण हुने यस भ्याक्सिनका बारेमा जान्नुपर्ने कुरा यस्ता छन्:-

१ को’रोना भा’इरस वि’रूद्धको कुनै विशिष्टिकृत उपचार पद्धति नभएका बेला यो भ्याक्सिनले को’रोनासँग ल’ड्न मद्धत गर्ने वैज्ञानिकहरूले विश्वास लिएका छन्।

२ यो भ्याक्सिन बनाउने समुहले थप २० मिलियन युरो बेलायत सरकारबाट प्राप्त गर्नेछ। यो सहयोगले भ्याक्सिनको बारेमा थप परीक्षण गर्न सहयोग मिल्नेछ।

३ यदि परीक्षण हुने भ्याक्सिनले सकारात्मक नतिजा देखाएका यही वर्षको सेप्टेम्बरसम्ममा १० लाख डोज भन्दा बढी उत्पादन गर्ने तयारी विकासकर्ताहरूको रहेको छ । यो परीक्षणको नतिजा मे महिनाको पहिलो साता आउने बताइएको छ।

४ आज हुने पहिलो चरणको मानव परीक्षणमा युवा वर्गमा यो भ्याक्सिन प्रयोग गरिनेछ र यदि नतिजा सकारात्मक पाइएका विभिन्न उमेर समुहका मानिसलाई परीक्षणमा सामेल गराइनेछ।

५ को’रोना भा’इरससँग ल’ड्ने पर्याप्त प्रतिरक्षात्मक शक्ति उत्पादन गर्ने भएकाले यो भ्याक्सिनले अनुमति पाएको र नतिजा सकारात्मक नै हुने धेरैको विश्वास छ।

६ आज परीक्षण हुने भ्याक्सिनलाई “The ChAdOx vaccine” नाम दिइएको छ ।

७ अन्य रो’गका भ्याक्सिनको तुलनामा को’रोनाको भ्याक्सिन धेरै छिटो विकास भएको हो।

Related Articles

Back to top button
Close