EntertainmentInternationalNews

टोकियो ओलम्पिक: सय मिटर फ्रिस्टायलको लङ कोर्समा नेपालकी गौरिकाको कीर्तिमान

टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा औसत प्रदर्शन गरेकी छिन् । गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । उक्त स्पर्धा २५ मिटर पुलमा भएको थियो । विश्व च्याम्पियनसिपमा भने उनले सन् २०१९ मा १ मिनेट ०.६२ सेकेन्डको उत्कृष्ट समय राखेकी थिइन् । ५० मिटर कोर्षमा भने उनकोराष्ट्रिय कीर्तिमान प्रदर्शन हो । सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।

त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । यो स्पर्धामा कुल ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने सेमिफाइनलमा पुगे।

यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सकेनन् ।

Related Articles

Back to top button