Health

सोमवार थपिए ३ सय १४ नयाँ संक्रमित: भक्तपुरमा सुत्केरी महिलाको मृ’त्यु, स्वाव परिक्षण हुँदै

काठमाडौं, २६ जेठ । सोमबार थप ३ सय १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमित संख्या १ सय ७४ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीका अनुसार अहिलेसम्म प्रदेशमै पहिलोपटक यति ठूलो संख्यामा संक्रमित भेटिएको हो।

भक्तपुरमा सुत्केरी महिलाको निधन

भक्तपुरमा अस्पतालमा आइतबार साँझ एक जना सुत्केरी महिलाको निधन भएको छ । छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भइ चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको निधन भएको हो ।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार निधन भएपछि कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

Related Articles

Back to top button