Entertainment

छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)

काठमाडौ । ऐतिहासिक नेपालमा राजतन्त्रको पछिल्ला शासक अत्यन्तै विवादमा परे । राजतन्त्रको अन्त्य भएको घोषणापछि पनि उनीहरुका हर्कतका विवाद सँधै समाचार बनिरहे ।राजतन्त्र अन्त्य हुनासाथ त्यही शासकका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन । साथै पारसको चालचलन र आँचरणका कारणपनि उनीबाट हिमानी टाढा नै रहिन् ।

पारसको कुलत र बिग्रिएको चरित्र कहिलै सुधार्न नसकेपछि हामी एक्लै रमाउँन थालिन् । युवती र अन्य बिभिन्न सम्बन्धका कारणपनि हिमानी टाढा हुन बाध्य भएको पारिवारीक स्रोतको भनाई छ । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन । पारसले उनलाई सँधैका लागि त मेरो छोराको रुपमा रहँन सक्दैनस् भनेर बचन लगाएपछि उनी अहिलेसम्म निर्मल निवास नटेको स्रोतको दावी छ ।

यसै क्रममा लकडाउनमा समय कटाउन मानिसहरुले अने उपाय अपनाई रहेका छन् ।त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक । टिकटक एक चीनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ । पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ ।

जस्तो सुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् । भिडियो :

Related Articles

Back to top button
Close