News

माओवादीको गुण्डागर्दी बढ्यो, चितवनमा कलाकार रातामकैको ४० बिघा जग्गा कब्जा !

काठमाडौ । कलाकार किरण केसी रातामकै को चितवन माडीमा रहेको जमिन मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले कब्जा गरेको घोषणा गरेको छ । सो समुहले आफ्नो पार्टीको झण्डा लगाएको छ । कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा जग्गा खण्डीकरण गरेको छ ।

त्यसलाई गैरकानुनी भन्दै कब्जा गरिएको सो पार्टीले जनाएको छ । रुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो ।शनिबार दिउँसो १ बजे पार्टीका कार्यकर्ताले उनको जमिनमा झण्डा लगाएका हुन् । अभिनेता तथा फिल्म निर्माता केसीको कम्पनी ट्वान्टी(वान प्रालिले प्लटिङ गरेको जग्गा अब आफ्नो नियन्त्रणमा रहेको पार्टीका नेताले घोषणा गरेका छन् ।

संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले गैरकानुनी काम गरेकाले यस्तो गरिएको जानकारी दिए । माडी नगरपालिका(२ पौहाडी (बरुवा बजारभन्दा केही परको गाउँ)को प्लटिङ जग्गालाई कब्जा गरिएको हो ।

‘जबसम्म प्लटिङ गरिएको उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले पाउनुपर्ने उनको भनाई छ । ’ट्वान्टी वान ग्रुपले सो जग्गा नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको आरोप संगठनले लगाउँदै आएको छ ।

ट्वान्टी वान ग्रुपले माडीको अयोध्यापुरीको अधिकांश जग्गामा प्लटिङ गरेको छ भने मकवानपुरमा पनि काम गरिरहेको जनाइएको छ ।केसी सहभागि भनिएको उक्त प्लटिङ कम्पनीमा अन्य केही कलाकारहरु पनि संलग्न रहेको दावी गरिएको छ । तर, काठमाडौंमा रहेका कलाकार केसीले भने जग्गा कब्जाबारे आफूलाई जानकारी नभएको दाबी गरे । ‘म यसबारे बुझ्दैछु’ उनले भने ।

Related Articles

Back to top button