News

अमेरिकामा नेपाली युवकको मृत्यु

अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो ।

पाँच बर्षअघि मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले जानकारी दिए ।

Related Articles

Back to top button