News

चर्चित पत्रकार अपिल त्रिपाठी सिकिस्त बिरामी

नेपाली चर्चित पत्रकार हुन् अपिल त्रिपाठी । पछिल्लो सयम भने उनले राम्रैसँग कार्यक्रम संचालन गर्न सकेका छैनन् ।बिगत ६,७ महिना पछि उनले कार्यक्रममा राम्रो सँग संचालन गर्न सकेका छैनन्।

हालै उनी बिरामी भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएपछी GMC अस्पताल भर्ना भएको नेपाली चर्चित पत्रकार अपिल त्रिपाठीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

उनको भनाइ अनुसार हिजो एउटा अपरेशन समेत गरिएको छ । स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ | केही दिनको बसाइँ अस्पताल मै हुनेछ |

( जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको )

यो पनि पढ्नुहोस्:-
पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घाेषणाा

काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् ।

सन् २००२ मा १५ वर्षको उमेरदेखि नै क्रिकेट सुरु गरेको स्मरण गर्दै पारसले यो यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्मी, अफ्नो परिवार र साथीहरुप्रति ऋणी रहेको बताएका छन् ।

आफ्नो सन्यास घोषणा वक्तव्यमा उनले नेपाल क्रिकेट संघ (क्यान) को नाम कतै उल्लेख गरेका छैनन् । केवल सरोकारवाला भनेका छन् ।

Related Articles

Back to top button