Entertainment

विवाहपछि चटक्क चलचित्रलाई माया मारेर श्रीमानसँग बिदेश गएका नेपाली नायिकाहरु (भिडियो हेर्नुहोस)

नेपाली सिनेमा वृतमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन भइरहेका छन् । कुनै बेला चलेका प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् । विवाह पछि पनि कति नायिका सिनेमा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् । ग्ल्यामर सिने नगरीमा विवाह पछि सक्रिय भएका नायिकाहरु हातमा गन्न सकिन्छ । आज हामी चर्चा गर्दछौँ मन मिलेर पनि काम नमिलेर विदेश पलायन भएका अभिनेत्रीहरु बारे :

विपना थापा-कुनै समयकी व्यस्त तथा चर्चित नायिका हुन –विपना थापा । विपनाले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् ।थापाले भारतीय नागरिक आँशुतोष भारद्धाजसंग विवाह गरेकी थिइन् । विवाह गरेसंगै उनी भारत गएकी हुन् । हाल थापा भारतको मथुरामा बस्छिन् । विपनाका श्रीमान् व्यवसायी हुन् । विपनाले सिनेमा खेल्न छोडेको धेरै बर्ष भइसक्यो । उनी आफ्नो छोरा कुशाग्रसंग गृहिणी जिवन रमाइरहेकी छिन् । बाकी भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close