Entertainment

बैं‌शालु उमेरमा कस्ता थिए त दयाहाङ राई ?दयाहाङ राईका फ्यानले चिन्नुहोस (भिडियो हेर्नुहोस)

झट्ट हेर्दा खाँट्टी लाहुेर झैं देखिन्छन् दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक र बटुलो अनुहार । उचाइ पनि त्यति अग्लो पनि नभएको होचो पनि नभएको औसत खालको । जबकि उनी नेपाली सिनेमाका अग्रपङ्क्तिका अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला-मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छविलाई भत्काउँदै नेपाली सिनेमामा उनको पर्दापण भएको हो ।ठ्याक्कै डेढ दशक भयो दयाहाङले सिनेमा खेल्न थालेको ।

रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘अनागरिक’बाट दयाहाङले सिनेमा जगतमा प्रवेश गरेका हुन्। मनोज पण्डितको ‘दासढुंगा’ पछि उनको अनुहार सार्वजनिक बन्यो । निश्चल बस्नेतको ‘लुट’ र रामबाबुकै ‘कबड्डी’पछि भने दयाहाङको धमकेदार उदय भयो ।

कसरी उनी सिनेमाको यो चमक-दमकपूर्ण दुनियाँमा आइपुगे ? ‘हिरो’ बन्ने सपनाको बीजारोपण कसरी भयो ? दयाहाङको विगतमा फर्कने हो भने आजसम्मको यात्रा पक्कै रोचक लाग्नेछ । पछिल्लो समय उनले आफ्नो फेसबुकमा त्यस्ता तस्वीरहरू सार्वजनिक गरिरहेका छन् ; जसले उनको विगत कोट्याउँछ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button