News

कोरोना जाँच नहुँदै आइसोलेसनमा अर्का व्यक्तिको मृत्यु, के गर्दैछ ओली सरकार ?

काठमाडौं – देशका विभिन्न क्षेत्रमा क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको कोरोना भाइरस संक्रमण जाँच नहुँदै मृत्यु हुने गरेको घटनाले फेरि निरन्तरता पाएको छ ।पाल्पा जिल्लाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक व्यक्तिको कोरोना जाँच नहुँदै मृत्यु भएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना रोकथाम र उपचारमा अर्बाैं रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गर्ने गरेपनि नेपाली जनताले कोरोना जाँच नहुँदै मर्नुपर्ने अवस्था रहेको छ ।गुल्मीको मालिका गाउँपालिका–३ घर भएका ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. शाक्यले बताएका छन् ।

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आईतवार अस्पताल आएका उनको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । ती व्यक्तिमा कोरोना संक्रमण भए/नभएको भनेर पीसीआर रिपोर्ट आउन बाँकी रहेको डा. शाक्यले बताएका छन् ।

यसअघि सुर्खेत, डोल्पा, कैलाली लगायत जिल्लामा कोरोना जाँच नहुँदै सर्वसाधारणको मृत्यु भएको थियो । राजनीतिक पहुँचका आधारमा नेता र सांसदले भने कुनै लक्षण नहुँदै पनि पीसीआर परीक्षण गर्ने गरेका छन् ।

Related Articles

Back to top button