News

भक्तपुरमा मृ’त्यु भएकी सु’त्केरीमा कोरोना नभएको पुष्टि

भक्तपुर । आइतबार भक्तपुर अस्पतालमा मृ’त्यु भएकी एक सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा मंगलबार रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भइ हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्ने ती महिलाको बच्चा जन्माएको केही समयमै आइतबार राति मृ’त्यु भएको थियो ।

उनी अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वा’सप्रश्वास पनि स’मस्या देखिएको अस्पतालले जानकारी दिएको छ । मृ’तक महिलाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा नियमित स्वास्थ्य जाँ’च गर्दै आएकी थिइन् । प्र’योगशालमा उनको तीन पटकसम्म पीसीआर परीक्षण भएकोमा तीनै पटक नतिजा नेगेटिभ नै देखाएको अस्पताल स्रोतले जनाएको छ। रिपोर्ट नेगेटिभ आएसँगै श’व आफन्तलाई जिम्मा लगाइने छ ।

Related Articles

Back to top button
Close