News

भोलिबाट लकडाउन यस्तो हुने : भर्खरै सकियो बैठक

काठमाण्डु, २७ जेठ– सरकारले भोलि (बुधबार) देखि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन खुकुलो पार्ने भएको छ ।लकडाउन लामो समयसम्म नलम्ब्याउन विभिन्न क्षेत्रबाट आएको सुझाव र चौतर्फी दबाबपछि सरकारले लकडाउन खुकुलो पार्ने भएको हो ।

एक मन्त्रीका अनुसार भोलि मन्त्रिपरिषद बैठक बसेर लकडाउन खुकुलो पार्ने निर्णय हुनेछ । विद्यालय, क्याम्पस, चलचित्र हल, सपिङ मल र पार्टी प्यालेसबाहेकका सबै गतिविधि खुला गर्ने तयारी सरकारको छ ।यसअघिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई लकडाउन कार्यविधि बनाउने जिम्मेवारी दिएको थियो ।

काठमाडाैं। ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ। प्रतिनिधिसभाको मंगलाबरको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताए।

उनले आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोशी र निजी लगानीबाट प्रवद्र्धित अन्य आयोजना सम्पन्न भई विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताए। देशमा हालसम्म कुल विद्युत् उत्पादन जडित क्षमता एक हजार ३८६ मेगावाट पुगेको छ।

उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काममा अवरोध सिर्जना हुँदा तोकिएको समयमै सम्पन्न गर्न नसकिएको प्रष्टोक्ति दिए। आगामी आर्थिक वर्षको शुरुआतमै तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने उनको भनाइ थियो।

एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण करीब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी आर्थिक वर्ष सो कार्य सम्पन्न गरी निर्माणका लागि प्रक्रिया अघि बढाइने मन्त्री पुनले जानकारी दिए।

यसका अतिरिक्त हरेक प्रदेशमा कम्तीमा एक ‘मेगा प्रोजेक्ट’को विकास गर्ने गरी दूधकोशी, माथिल्लो अरुण, प्रदेश:२ मेगा सोलार, तामाकोशी: ५, नौमुरे, नलगाड, जगदुल्ला, वेतन कर्णाली, फुकोट कर्णाली, चैनपुर सेतीलगायत आयोजनाको विकासका लागि प्रक्रिया अघि बढाइने उनले बताए।

Related Articles

Back to top button
Close