News

मनीषा कोइराला र हिमानी शाहबीच विशेष भेटघाट (केही तस्बिर)

काठमाडौं–अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच राजधानीको महाराजगञ्जमा भेटघाट भएको छ । मनीषाले सामाजिक सञ्जालमा हिमानीसँगको भेटघाटको तस्वीर राखेकी छन् ।

तस्वीरमा अन्य महिलाहरुलाई पनि देख्न सकिन्छ । मनीषाले तस्वीरको क्याप्सनमा ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन् । जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन् । महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन्’ भन्दै एमी टेनीको भनाईमा लेखेकी छन् ।

मनीषाले भेटघाटमा के विषयमा छलफल भयो भन्ने केही खुलाएकी छैनन् । यद्यपि मनीषा पछिल्लोपटक राजनीतिमा आउन लागेको खबरले सबैलाई चासोको विषय बनेको थियो । पूर्व युवराज्ञी हिमानी पछिल्ला वर्षहरुमा हिमानी ट्रस्टमार्फत सामाजिक काममा सक्रिय छिन् ।

उनीहरूबीच शनिबार राति भेटघाट भएको हो। मनीषा ले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै पूर्वयुवराज्ञी हिमानीसहित विभिन्न महिलासँग विशेष समय बिताएको जानकारी दिएकी हुन्। उनले आफूलाई मन पर्ने सशक्त महिला समूहसँग भेटघाट गरेको उल्लेख गरेकी छन्। जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’

हेर्नुहोस् मनीषा–हिमानी भेटका केही तस्बिर–

Related Articles

Back to top button