News

१० बुँदे कार्यान्वयन नभएपछि यि मुख्य नेता माधव नेपालकै पार्टीमा फर्किए

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै आएका एक प्रभावशाली नेताले अन्तत केपी शर्मा ओलीको साथ छोडेका छन् । १० बुँदे कार्यान्वयन नभएपछि उनी माधव नेपालकै पार्टीमा फर्किएका छन् । एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनी एमाले भित्रै रहेर संघर्ष गरेका नेता हुन् । आफुहरुको माग ओलीले सुनुवाई नगरेपछि बिहीबार जोशी समाजवादी पार्टी प्रवेश गरेका हुन् । उनलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका छन् । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।

समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन ९अपानी० कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् ।

Related Articles

Back to top button