News

बुटवल घटनाले लियो उग्र रुप, ४ जनाको मृत्यु

काठमाडौ । सुकुम्बासीका नाममा रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र कब्जा गर्न पुगेको समूहसंग विवाद भएपछि प्रहरीले गो ली च लाउँदा निधन हुनेको संख्या ४ पुगेको छ । आइतवार वुटवलको अवस्थाले उग्र रुप लिएको हो । रुपन्देहीमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा आइतवार गो ली च ल्दा ४ जनाको निधन भएको हो । घटनामा दुई दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेजमा उपचाररत ८ जना मध्ये ४ को निधन भएको हो । अस्पत्तालका अनुसार ३ जनाको अस्पताल ल्याउँदानै निधन भएको थियो । १ जनाको उपचारका क्रममा निधन भएको छ ।

प्रहरीका अनुसार झ ड पमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका –१० का ४८ वर्षीय रमेश परियारको उपचारका क्रममा निधन भएको हो । बाटोमै निधन भएकाहरुको पहिचान खुल्न अझै बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष रहेको बताइएको छ ।

अवस्था विग्रिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप९महानगरपालिका बडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अ तिक्रम ण गरी बस्ती बसाल्ने योजना बनाएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको लागि कर्फ्यू लगाएको बताएका छन् ।

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपमनपा(१७ निगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९बुटवल उपमहानगरपालिका(१७० उत्तर(शिवनगरबस्ती बुटवल उपमहानगरपालिका९ १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका(१८ औद्योगिक करिडोरको अमिन ९धन्दापुर मौरहिया सम्म० लाई चार किल्ला तोकेको छ ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरी र स्थानीयबीच झ ड प भएको थियो । सो क्रममा प्रहरीले गो ली च लाएको हो । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button