News

धादिङबाट काठमाडौं आउँदै गरेको साधन पल्टियो – राजधानी भित्रने र बाहिरिने सवारी अस्तब्यस्त

काठमाडौं, २ कात्तिक । थानकोटमा ग्याँस ट्यांकर पल्टँदा सडक अवरुद्ध भएको छ । अधिकांश दशैं मानेर घर फर्किएकाहरु सवार सवारी साधानको लामो लाइन लागेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । ट्यांकर पल्टदा राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।

ट्यांकर उठाउन क्रेन नै लैजानुपर्ने भएको र आसपासका बाटाहरु ठूलो जाममा परेका कारण समस्या भएको ट्राफिकले जनाएको छ । सरोकारवाला निकाय परिचालन त भइसकेको छ तर क्रेन लैजान नै समय लाग्ने देखिन्छ ।

दशैँ मानेर फर्किनेहरुको मुख्य दिन नै आज भएकाले बाटोमा ठूलो समस्या भएको प्रहरीको भनाई छ । हामी कोसिस त गरिरहेका छौ तर अझै समय लाग्ने देखिन्छ ।

Related Articles

Back to top button