News

अबदेखि रेष्टुरेन्ट पनि खोल्न पाईने तर यस्ता छन् शर्त-

काठमाडौं । सरकारकाले प्याकिङ र टेक अवे सेवा दिनेगरी रेष्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाका अनुसार प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन । त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ ।

सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको उनले बताए ।त्यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रो’क लगाइएको छ ।

यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ ।तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए । पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए ।

Related Articles

Back to top button
Close