News

कांग्रेसमा गु’ण्डाहरुको हालीमुहाली, कांग्रेसको राजनीतिमा उदाउँदै अर्का डन दावा लामा

गु’ण्डागर्दीको दुनियाँमा दावा लामा नौलो नाम होइन । काभ्रेका उनै दावा नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन प्रतिनिधि छानिएका छन् ।धादिङका राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पनि गै’रकानुनी कर्ममा परिचित नाम हो ।

प्रहरी अभिलेखमा राधेको ट्रयाक गु’ण्डागर्दी हो । यद्यपि अहिले भने उनको अर्को जिम्मेवारी थपिएको छ, सत्ताधारी दल कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा । धादिङ क्षेत्र नम्बर १ बाट खस आर्यतर्फबाट राधे महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

दावा र राधेको राजनीतिक फड्कोले नेपाली राजनीतिको आगामी चित्र कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।दावालाई कांग्रेसले २१ माघ २०७७ मा काभ्रेको तरुण विभागको संयोजक र बागमती प्रदेशको उपसंयोजक बनाएको थियो भने राधे तरुण दल धादिङका उपाध्यक्ष हुन् ।

दावा काभ्रेको भुम्लु गाउँपालिकाको पार्टी सभापति पनि हुन् ।आ’पराधिक जगत्‌का कुख्यात व्यक्ति कांग्रेसको रोजाइमा पर्न नछोडेको दावा र राधेको राजनीतिमा बढोत्तरीले देखाउँछ ।प्रहरीको वर्गीकृत सूचीमा दावा पहिलो श्रेणीको गु’ण्डा नाइके हुन् । उनी ०६७ देखि गै’रकानुनी क्रियाकलापमा आ’बद्ध भएको प्रहरी अभिलेखले देखाउँछ ।

सार्वजनिक अ’पराध, ला’गुऔ’षध, ज्यान मा’र्ने उद्योगजस्ता अभियोगमा उनले दुई वर्ष जे’ल स’जाय भोगेका छन् ।प्रहरीका अनुसार दावा क्यासिनोको लत लागेकाहरूलाई मिटर ब्याजमा पैसा लगानीसमेत गर्थे । काभ्रेको साबिक भुम्लुटार गाविसका दावा सुरुमा प्रहरी इ’न्काउन्टरमा मा’रिएका कुमार श्रेष्ठ उर्फ ‘घैँटे’मार्फत गु’ण्डागर्दीको दु’नियाँमा छिरेका हुन् ।

अ’पराधको दुनियाँमा प्रवेश गरेको केही समयमै चर्चामा आएका दावाले घैँटेसँगको सम्बन्ध छाडेर पछि काभ्रेकै गु’ण्डा नाइके गणेश लामाले अगुवाइ गर्ने ‘काभ्रेली स’मूह’मा पुगेका थिए ।गणेश लामाका सहयोगी उमेश लामामार्फत काभ्रेली स’मूहमा पुगेका दावा त्यहाँ पनि धेरै समय टिक्न सकेनन् ।

पछि आफ्नै नयाँ समूह बनाएर आ’पराधिक गतिविधिलाई निरन्तरता दिए ।सुरुमा उनको समूहमा अभिमानसिंह बस्नेत, प्रेम ठकुरीलगायतका केही आ’पराधिक गतिविधिमा लागेका युवा थिए । तर, उनले आफ्नो समूहलाई अगाडि बढाउन सकेनन् । प्रहरीले खोज्न थालेपछि उनी राजनीतिक से’ल्टर खोज्दै सांसद तीर्थ लामाकोमा पुगे ।

०७० को दोस्रो संविधानसभा चुनावमा काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तीर्थले दावालाई कांग्रेसमा प्रवेश गराए ।दलीय ओ’त लिएर दावाले आ’पराधिक कर्मलाई समानान्तर रूपमा अगाडि बढाउन थाले । २९ चैत ०७३ मा बौद्ध नयाँबस्तीमा दावामाथि गो’ली प्र’हार भयो ।

दिव्य पार्टी प्यालेसभित्रै रहेको जिम क्लब जाँदै गर्दा दावामाथि अर्का गु’ण्डा ना’इके समिरमानसिंह बस्नेत स’मूहका लोप्साङ लामाले गो’ली प्र’हार गरेका थिए ।त्यो बेला उनी संयोगले बाँचे । त्यसपछि प्रहरीले गु’ण्डा नाइकेहरूलाई इ’न्काउन्टर गर्न थालेपछि उनी नेपाल छाडेर भारत पुगे ।

भारत पुग्दा पनि दावाको आ’पराधिक गतिविधि रोकिएन । १६ भदौ ०७५ मा दुबईबाट दिल्ली जाने क्रममा भारतीय प्रहरीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गर्‍यो । भारतमा उनीमाथि स’ट्टेबाजीको अभियोग लागेको थियो । नेपालमा इ’न्काउन्टरको भयले उनी भारत पुगेका थिए ।

०७२ यता प्रहरीको इ’न्काउन्टरमा धादिङका दिनेश अधिकारी ‘चरी’, नुवाकोटका कुमार श्रेष्ठ ‘घैँटे’, रूपन्देहीका मनोज पुन र ओम आले मा’रिए । दावालाई गो’ली हा’न्ने समिरमानसिंह समूहका लोप्साङ, समिरसहित सात जना निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको ह,’त्या अभियोगमा जेलमा छन् ।

यस्तै, राधेको पृष्ठभूमि पनि दावाको भन्दा फरक छैन । गु’ण्डागर्दी गरेको अभियोगमा ‘राधे’ पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । पछिल्लो समय २३ असोज ०७७ मा राधे धादिङ सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धा’क–ध’म्की दिएको उ’जुरीका आधारमा पक्राउ परेका थिए ।

सिद्धलेक गाउँपालिकामा अ’वैध रूपमा सञ्चालन गरेको राधेको क्र’सर उद्योग जनप्रतिनिधिले बन्द गराउन खोजेपछि उनीहरूबीच वि’वाद भएको थियो ।राधेमाथि धादिङकै आयुष तामाङमाथि खु’कुरी प्र’हार गरेको देखि ०७० मा धादिङबाट काठमाडौँ आउँदै गर्दा धादिङकै ‘चरी’लाई गो’ली हा’नेको अभियोग छ । पछि चरी समूहले राधेमाथि गोंगबुको एक रेस्टुरेन्टमा खुकुरी प्रहार गरेको थियो ।

अ’पराधका गुरु, राजनीतिका पनि गुरु– विभिन्न आपराधिक गतिविधिमा संलग्न गु’ण्डा नाइकेहरूको राजनीतिक साइनो नयाँ प’रिघटना अब रहेन । खुँ’खार आ’पराधिक कार्यमा संलग्न भएका कतिपय अहिले स’त्ताभोग गरिरहेका छन् भने कतिपय राजनीतिक दलमा महत्त्वपूर्ण पदमा आसीन छन् ।

दीपक मनाङे गण्डकी प्रदेश सरकारका मन्त्री छन् भने गणेश लामा ०७४ को चुनावमा नेपाली कांग्रेसका उम्मेदवार हुन्, जो अहिले महाधिवेशन प्रतिनिधि चु’निएका छन् । नेकपा एमालेको समर्थनमा गु’ण्डागर्दी पृष्ठभूमिका राजीव गुरुङ उर्फ दीपक मनाङे मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री भएका हुन् ।

मनाङे आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पटक–पटक प्रहरी थु’नामा पुगेका थिए । जे’लजीवन पनि क’टाए ।प्रदेशसभा सदस्य चुनाव ल’ड्नुअघिसम्म उनी डिल्लीबजार जेलमै थिए । ०६१ मा मनाङे र गणेश लामा समूहले अर्का गु’ण्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’लाई खु’कुरी हा’नेर हात नै छि’नाइदिएका थिए ।

उनीमाथि प्रहरीले ज्यान मा’र्ने उद्योगमा मुद्दा चलाएको थियो । सो मु’द्दामा काठमाडौं जिल्ला अदालतले सुरुमा पुर्पक्षका लागि थुनामा पठाए पनि दुई वर्षपछि फै’सला गर्दा भने मनाङे, गणेश लामासहित सबैलाई कु’टपिट ठ’हर गरेर जे’लमुक्त गरेको थियो ।

यसविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत (तत्कालीन पुनरावेदन अदालत)मा निवेदन दिएको थियो । पुनरावेदन अदालतले भने मनाङेलाई पाँच वर्ष जे’ल स’जाय तोकेर अन्यलाई स’फाइ दिएको थियो । सर्वोच्च अदालतले पनि पुनरावेदनकै फैसला सदर गरेपछि मनाङे वैशाख ०७५ मा पक्राउ परेका थिए, जतिबेला उनी सांसद थिए ।

आठ महिनापछि उनी थुनाबाहिर रहेर मुद्दा ल’ड्न पाउने भन्दै सर्वोच्चले नै फेरि धरौटीमा छोडेको थियो ।गणेशलाई गु’ण्डागर्दीको दुनियाँमा छि’राउने पात्र मनाङे हुन् । ठमेलमा रेस्टुराँको बा’उन्सर हुँदै गणेश मनाङेको संगतमा पुगेका थिए । मनाङेबाट छुट्टिएर ठेक्कापट्टा, असुलीमा सं’लग्न भएर गणेशले आर्थिक उपार्जन बढाएका थिए ।

विसं. ६० को दशकको उत्तरार्द्धमा उभारमा आएको रक्तचन्दन त’स्करीमा गणेश लामाको स’मूह काभ्रेक्षेत्रमा सक्रिय थियो । यसमा प्रहरीका उपल्ला अधिकारी र दलीय नेताहरूको समेत ठूलो आ’ड थियो ।गणेशविरुद्ध २७ करोड रुपैयाँ अ’वैध आर्जन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शु’द्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा चलाएको थियो ।

यो अ’भियोगमा १ करोड ४० लाख रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले अ’वैध ठ’हर्‍याउँदै एक वर्ष कै’दको स’जायसमेत तोक्यो, ०७५ साउनमा । यो फैसला आउँदा गणेश फागुन ०७४ मा पशुपति भिजन होटलमा गो’ली चलाएको अभियोगमा जे’लमा थिए ।

गु’ण्डागर्दीको दुनियाँमा कु’ख्यात बनेका गणेशले २०६१ सालमा मनाङे समूह छोडेर छुट्टै आफ्नो काभ्रेली समूह निर्माण गरेका थिए । उनी मनाङेभन्दा अघि नै राजनीतिमा लागेका हुन् । गणेश तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारको पार्टीहुँदै हाल नेपाली कांग्रेसमा छन् । गच्छदारकै आडमा उनी गु’ण्डागर्दीको आवरणबाट राजनीतिमा उदाएका हुन् ।

नेपाली कांग्रेस र गच्छदार नेतृत्वको फोरमबीच ३० असोज २०७४ मा पार्टी एकता हुँदा गणेश नेपाली कांग्रेसको केन्द्रीय नेताको है’सियतमा पुगे । कांग्रेसले गणेशलाई ०७४ को चुनावमा काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । तर, वाम गठबन्धनका उम्मेदवार चन्द्र लामासँग उनी प’राजित भएका थिए ।sorce esidhakura.com

Related Articles

Back to top button