International

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको मृत्युको पीडाले भाउजुको पनि निधन

काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको घ’टनाले बलिउड क्षेत्र शो’कमा परिरहेकोबेला उनको परिवारमा अर्को ब’ज्रपात परेको छ । सुशान्तले अचानक आ त्मह त्या गरेको घ’टनाको पी’डा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्।

बिहारको पूर्णिया जिल्लामारहेकी उनकी भाउजु सुधादेवी देवर सुशान्तको मृ’त्युको खबरले नि’धनभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् ।५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधादेवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् ।सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्ला को मलडीहा हो। सुशान्तको मृ’त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्।

देवरको मृ’त्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि’धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ’त्यु लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।

Related Articles

Back to top button
Close