Health

अत्यतै खुसीको खबर : पहिलोपटक कोरोनाभाइरसबाट गम्भीर बिरामी भएकाहरूको ‘ज्यान जोगाउन सक्ने औषधि भेटियो’

एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन म`द्दत गर्ने यूके`का विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधि लाई हा लसम्म घा`तक देखिएको कोरोना`भाइरसको लडाइँमा उल्लेख्य उपल`ब्धी मानिएको छ।

यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृ`त्यु हुने दर एक तिहाइले घटाउने र अ क्सिजन दिइएका पाँच मध्ये एक बिरामी जोगाउने भनिएको छ। कोरोना भाइरसको जारी उपचार विधिबारे विश्व भरि गरिएका ठूला परीक्ष`णहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो।

अनुसन्धान`कर्ताहरूले यदी उक्त औषधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् । औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड-१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।

बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्स भन्छन् मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन। पुरानो र सस्तो खालको स्टेरोइड हो। उनी भन्छन् यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्।

कोभिड-१९ को सङ्क्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ। सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।

अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड-१९ का बिरामीहरूलाई फाइदा पुर्‍याउने देखिएको छ। त्यसले कोभिड-१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन। त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो। बीबीसी नेपाली बाट

Related Articles

Back to top button
Close