International

सुशान्तलाई आत्माह-त्या गर्न बाध्य पारेको भन्दै फ्यानले जलाए करण जोहरको पुत्ला

सुशान्त सिंह राजपुतको फ्यानले बलिउड निर्देशक तथा निर्माता करण जोहरको पुत्ला जलाएका छन् ।सुशान्तको जन्मगाउँ भारतको बिहार स्थित पटनामा सुशान्तको सुनियोजित ह-त्या भएको भन्दै उनको पुत्ला जलाएका हुन् । उनीहरुको यस्तो कदमलाई तपाइहरु के भन्नु हुन्छ ?

प्रधानमन्त्रीको दावी : कोरोनाले २० जना हैन २-३ जना मात्र मरेका हुन्
राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारण २ देखि ३ जना मात्र नेपालीले ज्यान गुमाएको दावी गरेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बेलुका सवा ४ बजेसम्म दिएको जानकारी अनुसार नेपालमा कोरनाको कारण २० जनाको निधन भएको बताएको छ भने अन्य ३ जनाको निधन भैसकेको छ ।राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको स्विकार गरे तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।

उनले अघि भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’त्यस्तै उनले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २/३ जना मात्रै रहेको बताएका छन् ।‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने ।नेपालमा कोरोनाबाट कुनै पनि व्यक्तिको निधन नहुँदासम्म हाम्रो देशमा त एकजनाले पनि ज्यान गुमाउनु परेको छैन भन्दै खुशी हुने प्रधानमन्त्री तथा उनका मन्त्रीहरुले अहिले आएर कोरोनाको कारणले निधन नभएको बताएका छन् ।

केही समयअगाडी प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले भनेका थिए । कोरोनाले ज्यान लिएको हैन तर कोरोना देखियो विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार कोरोना देखिएपछि जे कारणले मरे पनि कोरोनाको कारणले नै मरेको ठान्नुपर्छ । त्यसैले गनिएको हो ।प्रधानमन्त्रीको उक्त अभिव्यक्ति प्रति सदनमै सासंदहरुले कोरोनाको कारणले नमरेको भए, ती डाक्टरलाई छानविन गरेर कारवाही गर्न पनि माग गरेका थिए ।

Related Articles

Back to top button
Close