News

ख’तरा बढ्दै गएपछि उपत्यका छिर्ने नाकामा पैदल यात्रीलाई समेत यस्तो क’डाइ !

काठमाडौं : असार १ गतेदेखि सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्र’भाव भने उपत्यकाको सबै नाकामा परेको छ । लक डाउन खुकुलो भएको हल्लाले अत्याधिक सवारीसाधन उपत्यका छिर्न खोजिरहेका छन् तर प्रहरीले बिना पासका सवारीसाधन छिर्न नदिएको बताएको छ ।

काठमाडौँ उपत्यकाको पश्चिम नाका नागढुङ्गा र पूर्वी नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमाथि चेक जाँच कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपत्यका बाहिरका जिल्लामा को’रोना सं’क्रमित संख्या बढेपछि उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा क’डाइ गरिएको हो । काठमाडौँ उपत्यका छिर्नेमध्ये बढी व्यस्त रहने नागढुङ्गा, फर्पिङ र साँगा नाकाबाट सवारीसाधन प्रवेशमा थप क’डाइ गरिएको प्रहरीको दा’वी छ ।

पैदल यात्री प्रवेशमा समेत कडाइ गरिएकाले बिना पास कुनै पनि व्यक्ति नाकाबाट उपत्यका छिर्न नपाउने काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । ‘पैदल याुत्रलाई फर्काइएको यकिन विवरण छैन,’ एसएसपी ज्ञवालीले भने, ‘कोही सवारी साधन तलतिरै रोकेर पैदल हिँडेर आउँछन्, तर त्यस्तो होइन, पैदलयात्रुलाई पनि फर्काइनेछ ।’

उनले अगाडि थपे, ‘कोही नेताहरुको फोन लिएर आउनुहुन्छ त कोही मन्त्रीको मान्छे हुँ भन्दै आउनुहुन्छ ।तर बिना पासका कसैलाई पनि काठमाडौँ उपत्यका छिर्न दिइएको छैन ।,’ उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने हरेक गाडीलाई रोकेर प्रहरीले चेक जाँच गन गरेको एसएसपी ज्ञवालीले बताए । नागढुङ्गा र साँगामा प्रहरीले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीलाई जताबाट आएका हुन् उतै फर्काइदिएका छन् ।

‘एम्बुलेन्समा आएका सामान्य बिरामी र सुतेर आउने मानिसलाई पनि फर्काउन निर्देशन दिएको छु,’ उनले भने, ‘बाहिरी जिल्लाबाट छोराछोरीको अनलाइन कक्षा सुरु भयो भनेर आएका अभिभावकलाई पनि फर्काएका छौं ।’ उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो रहेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका इन्सपेक्टर हेमन्त विक्रम थापाले बताए । उनले भने, ‘बिना पास टाढाबाट आएपनि फर्काइदिने गरेका छौं ।’

नागढुङ्गाका इन्सपेक्टर थापाका अनुसार बिहीबार बिनापास उपत्यका छिर्न खोज्ने एक सय बढीलाई बिहीबार फिर्ता गरिएको छ । उनले भने, ‘करिब एक हजारभन्दा बढी पास देखाई उपत्यका प्रवेश गरेका छन् । त्यस्तैको हाराहारीमा बाहिरिएको छ ।’ सबै भन्दा बढी तराईका जिल्लाबाट खाद्यान्नको गाडी आउने गरेको थापाले बताए । निर्माण सामग्री तथा दुधका गाडीहरू निर्वाध रुपमा आइरहेको उनले जानकारी दिए । प्रहरीले बिनापास टाढाबाट आएपनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह समेत गरेको छ ।

लक डाउन खुकुलो भएको भन्दै उपत्यका प्रवेश गर्नेहरुको लर्को लागेपछि प्रहरीले नाकाका भित्रि सडकहरुमा पनि सुरक्षा व्यवस्था कडाई पारेको एसएसपी ज्ञवाली बताउँछन् । अत्यावश्यक सेवाका सवारीसाधन, खाद्यान्न, एम्बुलेन्स र सम्बन्धित जिल्ला प्रशासन कार्या लयबाट अनुमति लिएका बाहेक अन्य सवारी साधनहरूलाई काठमाडौँ प्रवेशमा रोक लगाइएको काठमाडौँका सिडिओ जनकराज दाहाल बताउँछन् ।

‘सरकारले तोकेकाभन्दा अन्य व्यक्तिलाई हामीले नाकाबाटै फर्काइदिने गरेका छौं,’ सिडिओ दाहालले भने, ‘उपत्यकामा आम सर्वसाधारणको गतिविधि र आवत जावत बढेको छ। राजधानी काठमाडौँ उपत्यका भित्र पसलहरू बिस्तारै खुलिरहेका छन् भने सडकमा यातायातका साधन पनि बाक्लिन थालेका छन्

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close