News

अब श्रीमानलाई काम गर्न कहिल्यै भारत पठाउँदिन, क्वारेन्टाईनमा बसेकी माधुरी

दाङ । नाम माधुरी डाङ्गी । घर घोराही उपमहानगरपालिका वार्ड नम्बर ६ गुरुवागाँउको लालीगुराँस टोलमा पर्छ । उनी आफुलाई गृहणी भन्न रुचाउँछिन् । उनी अहिले क्वारेन्टाईनमा बस्दै आएकी छन् । माधुरी घोराही उपमहानगरपालिका वार्ड नम्बर ६ मै रहेको श्री माध्यामिक बिद्यालय जजरागाँउमा बनाईएको क्वारेन्टाईनमा बसेकी हुन् ।

क्वारेन्टाईनमा उनीसंगै २४ जना रहेका छन् । ती मध्ये माधुरीसंगै ३ जना महिला र एउटा सानो बच्चा पनि छ । उक्त क्वारेन्टाईनमा बस्ने सबैभन्दा पहिला माधुरी र उनका २४ जना संगै बसेका साथीहरु हुन् । आफुहरुको उक्त बसाईलाई समूहमा विभाजन गरेर राखिएको बताउँछिन् माधुरी । उनी भन्छिन्,हाम्रो ८जनाको समुह छ । हामीपछि २ लटमा बिभिन्न स्थानबाट नेपाल भित्रिएका अन्य मान्छेहरु ल्याएर यही क्वारेन्टाईनमा राखिएको छ । सबैजना अघिपछि गर्दै ल्याएर राखेको कारणले होला सबैजनालाई अलग अलग नै राखिएको छ ।

कुराकानीकै क्रममा माधुरीले आफ्नो आफुहरुको बसाईलाई व्यवस्थित ढंगले राखिएको बताईन् । उनले भनिन्,‘पहिला आएको समुह, दोश्रो पटकमा आएको समुहलाई दोश्रो र तेस्रो पटकमा आएको समुहलाई तेश्रोगरी ३ वटा समुहमा बिभाजन गरेर बस्ने ब्यवस्था गरेको छ । क्वारेन्टाईनमा राखिएकाहरुकालागी खानाको पनि व्यवस्था रामै्र गेरेको बताउँछिन् माधुरी, खानका लागी पनि सबैले समुहगत रुपमा आ–आफै बनाएर खाने गरेका छौं । मेरो ८ जनाको समुहमा त म आफैले बिहान बेलुकाको खाना र खाजा बनाउने अनि खुवाउने काम गर्दै आएको छु ।’

क्वारेन्टाईनमा बस्नु पुर्व माधुरीले आफ्नो घरको सरसफाई गरेर दिन बिताउँथिन् भने हिजोआज क्वारेन्टाईनमा बसेदेखि उनको दैनिकी त्यही क्वारेन्टाईनको सरसफाई गर्दै बितिरहेको हुन्छ । उनी हाँस्दै भन्छिन्,‘याहाँ बसेदेखि दिनँहु कोठा सरसफाई गर्नु, खाना बनाउनु र भाडा माझ्नु नै मेरो दैनिकी बनेको छ । घर हुँदापनि यस्तै काम हुन्थ्यो र यहाँपनि यहि काम गर्नु परिरहेको छ । घरमा र क्वारेन्टाईनमा घर भित्रकै भात भान्सा र सरसफाई गर्नु परेकोले काममा खासै फरक नभएको बाउँछिन् माधुरी । यसै क्रममा उनी भन्छिन्,घरमा र याहाँ काम उस्तै हो । त्यसैले मलाई केही फरक लागेको छैन् । बरु बिहान र बेलुकाको समय बिताउन अझ सजिलो भएको छ ।’

माधुरीलाई क्वारेन्टाईनको समय बिताउन खासै असहज भएको छैन । किनकी उनलाई राखिएको क्वारेन्टाईनको विद्यालयमा वाईफाई पनि जोडिएको रहेछ । त्यही वाईफाईकै कारण दिनभर मोबाईलमा फिल्म हेरेर अनि फिल्मका गीतहरुसंगै आफुलाई मन पर्ने युटुव च्यान हेरेर दिन बित्ने गरेको कुरा उनी सुनाउँछिन् । उनीसंगै क्वारेन्टाईनमा उनका श्रीमान् पनि छन् । लकडाउनको समयमा उनीहरु दिल्लीको करोलबागबाट ३ दिन लगायर कृष्णनगर नाका हँदै जेष्ठ ८ गतेका दिन आईपुगेको हुनाले क्वारेन्टाईनमा बसेका रहेछन् ।

दिल्ली बाट कृष्णनगरसम्म आउँदाको अनुभव उनले कुराकानीकै क्रममा सुनाईन्,‘भारतमा पनि लकडाउन लागेपछि हामीलाई त्याहाँ बस्न गाह्रो भयो । त्यसपछि आफ्नै देश फर्कने सोंचेर हामी आफैले नै गाडी रिर्जभ गरेर आयौं । त्यसरी आउँदा गाडीमा पनि दुरी कायम गर्नुपर्छ भनेको हुनाले दुईजनाको सिटमा एक्लै बसेर आयौं । हामी कृष्णनगर आएपछि नेपालबाट नगरले बस पठाएको रहेछ । त्यो बसमा सामाजिक दुरीको कुनै नियम नै थिएन । मान्छे धेरै थियौं । भेडाबाख्रा जसरी कोचिएर आउनुपर्यो । यसरी आउनुभन्दा त बरु उतै दिल्ली बस्दा नै हामीहरु सुरक्षित थियौ भन्ने जस्तो पनि लाग्यो । तर अर्काको ठाँउमा कत्तिदिनसम्म बसेर पुग्थ्यो र रुमरेपनि आफनै गाँउठाँउमा मरौला भनेर यतै फर्किएका हौ ।’

माधुरीले निरन्तर आफ्ना कुरा सुनाई रहिन्,‘हुन त मेरो श्रीमान् दिल्लीको होटेलमा जागिरे हुनुहुन्थ्यो तर कोरोनाको डरत्रास फैलिएपछि यसबाट बच्नका लागी भिडभाड कम गर्नुपर्ने भएकाले ईन्डियामा सबै होटेलहरु नि बन्द भए । श्रीमान्को पनि जागिर गयो । साको पनि ब्यापारै बन्द भएपछि कसरी तलब दिनु र रु मेरो श्रीमान् कामको शिलशिलामा उतै बस्ने भएपनि म भने केही समय अघिमात्रै औषधी गर्नकोलागी दिल्ली गएको थिएँ । बिहे भएको ८ बर्ष हुँदासम्म हाम्रो बच्चा नभएपछि औषधी उपचारले बच्चा हुन्छ भनेकै कारण म दोश्रोपटक ९फलोअप० चेकजाँजका लागी डाक्टरलाई देखाउन ईन्डिया गएको थिएँ ।’

आफ्नो उपचारकोलागी दिल्ली पुगेकी माधुरीलाई काहाँ थाहा थियो र देशैभरी लकडाउन लाग्छ भन्ने । उनी त निरन्तर चेक जाँचकालागी डाक्टरलाई देखाउन दिल्ली पुगेकी थिईन् । तर विडम्बना उनी त्याहाँ लकडाउनमा थुनिन पुगिन् । उनी भन्छिन्,‘डाक्टरले आफनो रेखदेखमै औषधी चलाउनुपर्छ भनेको थियो । तर यो संकट आईलाग्यो अनि हाम्रो सपना आधाअधुरै छोडेर फर्किनुपर्यो ।’ दुख पर्दा आफनै गाँउठाउँको माया लाग्ने र सम्झना आउने बताउँदै माधुरीले कोरोनाबाट बाचिएछ र दिन सामान्य भएछ भने आउने दिनहरुमा श्रीमान्लाई कामका लागी ईन्डिया नपठाउने बताईन् । सुखदुःख जे हुन्छ यतै कुटोकोदालो गरेर गुजारा चलाउने उनले बताईन् ।

भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिन्छ भन्ने सुन्दा राम्रैसंग राख्छन् होला भन्ने सोंचेकी माधुरीकालागी भने सोचाई बिपरितको बसाई हुन पुग्यो । उनीसंग कुराकानी गरेर यो कथा तयार पार्दाको दिनसम्म उनलाई राखिएको क्वारेन्टाईनमा एउटा पनि स्वास्थ्यकर्मी देखा नपरेको बताउँछिन् माधुरी । उनी भन्छिन्,‘त्यो जोरो चेकजाँच गर्ने हुन्छ नि, हो त्यो सम्म गरेका छैनन् । आएको आज ९ दिन भैसक्यो । मेरो माईती बंगलाचुली गा.पा.मा पर्छ । ईन्डियाबाट माइती बगालपनि सँगै आएका हुन । क्वारेन्टाईनमा राख्नका लागी सबैलाई पायक पर्ने आफनो वार्ड,गा।पा।नगर सबैको छुटाछुटै ब्यवस्था गरेका रहेछन् । त्यहि भएर मेरो माईति बगलाचुली गा।पा।को स्कुलमौ रहेको क्वारेन्टाईनमा छन् उनिहरु सँग फोनमा कुरा हुन्छ उनिहरुलाई खाने बस्ने सबै सुबिधा राम्रो गरेका भन्छन् । हाम्रो मा त हेर्नु न रासन चामलको पनि हामी आफैले ब्यवस्था गरेका छौं ।’

उनले भनिन्,‘यही नजिकैको पसलमा घरकाले उधारो भन्देका रहेछन् । यहाँबाट निस्कीपछि तिरौंला भनेर रासनपानि त्यहिबाट ल्याउने गरेका छौ । गाँउलेहरुले स्कुलको पर्खालबाट अनुहार देखेपनि कोरोना भन्दै डराएर भाग्छन् । हामी आफैलाई थाहा छैन् आफुसँग कोरोना छ कि छैन् भनेर । अहिलेसम्म त हामी सबैजना स्वथ्य नै छौ ।’

माधुरीसंग हामीले कुरा गर्दा उनले नगरले बस्नलाई म्याट झुल र एउटा च्यादर दिएको बताईन् । अघिपछि गरेर आएकाहरुलाई फरक फरक राखेपनि चर्पी बाथरुम र खानेपानिको धारो एउटै भएको पनि उनले सुनाईन् । धारा एउटै भएको हुनाले पानि भर्नेबेलामा लामै लाईन लागेर भर्नु पर्ने उनले बताईन् । अलिअलि डराएको मुद्रामा माधुरीले भनिन्,‘कोरोना टेस्ट गरेपछि के हुने हो थाहा छैन । यत्ति हो,भगवान छन् उनिमाथि बिश्वास गर्नुपर्छ भन्ने चाही लाग्छ ।’

Related Articles

Back to top button
Close