News

कतारमा इमान्दारीपूर्वक काम गरेको भन्दै २ नेपालीलाई १५ हजार रियलका दरले पुरस्कृत गरियो

एक दशकदेखि कतारमा इमान्दारीपूर्वक काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।कतारमा रहेको नासर अल अली इन्टरप्राइसेस कम्पनीले कम्पनीमा रहेर इमान्दारीपूर्वक काम गरेको भन्दै पश्चिम नेपालका नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई नगद प्रदान गरेको हो ।

आजको विनिमयदर अर्थात १ कतारी रियल बराबार ३३ रुपैया ३८ पैसाले हिसाव गर्दा उनीहरुले पाएको रकम जनही रु ५ लाख ७ हजार हुन आउँछ ।उनीहरुलाई नासर अल अली इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कार वापतको रकम प्रदान गरेका थिए ।पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइसेस कम्पनीमा कन्स्टक्सनमा काम गर्न नेपालबाट २००९ मा आएका थिए ।

उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेड वर्कर भए । अहिले कार्पेन्टर मेसनरीदेखि सवै काममा पोख्त उनी पोख्त छन् । दर्जीले पुरस्कारवापत पाएको रकम आफ्नो छोरा छोरीको शिक्षाका लागि उपयोग गर्ने बताए ।

त्यस्तै रामशंकले पनि कम्पनीमा १२ वर्ष विताइसकेका छन । पुरस्कार पाउदा उनी पनि खुसी छन् । उनले बैदेशिक रोजगारबाट कमाएको पैसाले परिवारको आवश्यकता पुरा गर्नुका साथै शिक्षामा समेत खर्च गरेको जानकारी दिए । पुरस्कार वापतको पैसा छोरीको पढाईमा खर्च गर्ने उनले बताए । पुरस्कार पाउने दुवैजनाले कम्पनीका मालिकले अप्ठेरो पर्दा सहयोग पनि गर्ने गरेको बताए ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र दिने गरेको छ ।

Related Articles

Back to top button