News

नवराज बिक घटना प्रकरण: १४ वर्षको उमेरमा रङ्गिएको सिउँदो १८ वर्षको उमेर मै पुछियो…

काठमाडौं । गत जेठ १० गते भएको घटनाले जाजरकोटका ६ होनहार युवाले ज्यान गुमाए ।नवराज विकको प्रेमिकालाई वेहुली बनाएर भगाउन भन्दै गएका १९ युवा मध्य ६ जनाको निधन भयो ।रुकुम चौरजहारी स्थित युवतीको घर गएका उनीहरुलाई स्थानियको आ क्रमणमा पनि ज्यान गयो ।उनीहरुको शव भेरी नदिमा फेला पर्यो । अहिले घटनाको अनुसन्धान जारी छ । तर त्यो घटनाले शेभे विक र गीता बिकको भने जिवन नै उजाडीएको छ ।एउटा मात्र छोराको निधनले उनीहरुको परिवार भताभुंग भएको छ ।

कलिलो उमेरमा विवाह गरेर ल्याएकी बुहारी पनि १७ वर्षको उमेरमै विधुवा वनेकी छन् भने २ वर्षकी नातिनीले बुवाको अनुभव पनि गर्न पाइनन् ।जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनारको आँखा जेठ १० गते देखि ओभाएका छैनन् । काखमा २ वर्षको छोरी लिएर त्यसै टोलाउँछिन् ।उनको विवाह ४ वर्ष अघि वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकसंग भएको थियो ।

कलिलै उमेरमा विवाह गरेका यि जोडीले विवाह गरेको २ वर्षमै छोरीलाई जन्म दिएका थिए । विवाह गर्दा सुनिताको उमेर १४ वर्षको मात्र थियो ।सुनिता पनि बाबुआमाकी एकमात्र छोरी हुन्, यता टिकाराम पनि शेरेर गीताका एकमात्र छोरा थिए ।१४ वर्षको उमेरकै टिकारामलाई माया गरेर सिउँदो रंग्याएकी सुनिताको १८ वर्षकै उमेरमा रंगिन सिउँदो पुछिएको छ ।

बुहारी भित्र्याउँदा शेभेर गीता निकै खुसी भएका थिए । दुई वर्ष पछि नातिनी पनि धर्तीमा आएपछि त्यो खुसी दुईगुना भएको थियो ।तर जेठ १० गतेको घटनाले अहिले उनीहरुको सबै खुसी भताभुंग पारिदियो ।टीकारामको शव जेठ ११ गते भेरी नदीमा फेला परेको थियो ।

Related Articles

Back to top button