News

नायिका निरिषा बस्नेतले जितिन् कोरोनालाई

काठमाडौं ०६ असार / चर्चित नायिका निरिषा बस्नेतले कोरोनाभाइरसलाई जित्न सफल भएकी छिन् । केही समयअघि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । उनी अहिले कोरोनाबाट मुक्त भएको बारे उनका पिता विश्व बस्नेतले जानकारी गराएका छन् ।

नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् ।

मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानी बाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी मा पनि काम गरि सकेकी छिन् ।

Related Articles

Back to top button