International

घटना हुनुपर्व सुशान्तले बुवालाई फोन गरेर भनेका यी शब्द

एजेन्सी । अचानक जिवन त्यागेका वलिउड अभिनेता सुशान्त राजपुतको निधनको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनले त्यस्तो निर्णय गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै परिवारका सदस्यले घटनाको अनुसन्धान गर्न माग गरेका छन् । यद्धपी पोष्टमार्टम रिपोर्टमा ह त्याको कुनै प्रमाण फेला परेन । बुधबार मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको नजिकको साथी र परिवारलाई भेटेर घटनाका बारेमा जानकारी लिएको छ ।

उनको मृ त्युको बारेमा बयान लिनलाई मुम्बइ पुलिस सुशान्तको ब्रान्द्रा अपार्टमेन्टमा पुगेको थियो । बृद्ध अवस्थामा आफ्ना जवान छोरा गुमाउनु परेको पिडाले विक्षिप्त बनेका उनका बुवासंग पनि प्रहरीले कुराकानी गरेको छ । । जवान छोरा गुमाएका बुवा केके सिंह अर्ध मुर्छित अवस्थामा छन् ।

उनीसंग पनि प्रहरीले भेटेर बयान लिएको हो । प्रहरीसँगको बयानमा उनले भने, “३ दिन अगाडीमात्र मलाई फोन गरेको थियो । फोनमा पनि सुशान्तले बुवाको स्वास्थ्यका बारेमा निकै चिन्ता जनाएका थिए । उनले बुवालाई घर वाहिर ननिस्कन र निस्कनै परेपनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिएका थिए । उनले भने, मेरोबारेमा खुब चिन्ता व्यक्त्त गर्दै घर बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न तथा समयमा खान खानु सुझाब दिएको थियो ।

सुशान्तले आफ्नो बुवाको ख्याल गर्नु भन्दै बुवाका सहयोगीसंग पनि लामो कुराकानी गरेका थिए । बुबालाई केयर गर्न टाइममा दबाई औ षधी खान दिन र बाहिरफेर हिड्न नदिन आग्रह गरेको केकेले बताएका छन् । उनले त्यतीबेला छोराले यस्तो निर्णय गर्दैछन् भन्ने अनुमान आफुले नगरेको बताएका छन् ।

छोरालाई केही समस्या परेको भए आफुँ संधै सहयोगका लागि तयार रहेको उनको भनाई थियो । उनका ४ दिदी बहिनी पनि संधै सुशान्तको राम्रो होस् भन्ने चाहेको बताए । उनले भने, उस्लाई त्यस्तो केहि परेको भए म सहयोग गर्थे, ४ जना दिदी बहिनी सहित पुरा परिवार नै उस्को साथ थियौं ।

सुशान्त १८ वर्षको हुँदा नै उनले आमा गुमाएका थिए । आमाको निधन पछि सुशान्त बुवाको निकै नजिक थिए । केकेले भने, आमा नभए नि मैले आमा र बुबा दुबैको माया दिएर हुर्काएको थिए । पुरा परिवारको साथ थियो । खै किन यस्तो गर्यो म जानु पर्ने बेलामा मेरो छोरा गयो ।प्रहरीले अनुसन्धानका क्रममा उनका साथी र सुशान्तको मेनेजर सिदार्थ पिठानीसँग पनि बयान लिएको छ ।

Related Articles

Back to top button
Close