Uncategorized

बिहे गरेको २ वर्षमा नै विधवा बनेकी अभिनेत्री मेघ्नाको यस्तो मन छुने भावुक स्टाटस

काठमाडौँ । अचानक निधन भएका अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानको नाममा निकै भावुक पोस्ट शेयर गरेकी छिन्।चिरञ्जिवीको कार्डियक अरेस्टका कारण ३९ वर्षको उमेरमा ७ जूनमा निधन भएको थियो। मेघना आफ्ना श्रीमानलाई आफू पुनः जीवनका लागि कोसिस गरेको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन। तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन्। मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान्। र यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु।’

उनी थप्छिन्, ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अत्यन्त पीडा महशुस हुन्छ।

Related Articles

Back to top button
Close