International

मनकारी सुशान्त: करोडौ सहयोग गरे तर मिडियाबाजी गरेनन्, मृ’त्युपछि भयो खुलासा – भिडियो

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्मह’त्याले उनका करोडौं समर्लाथकलाई स्त’ब्ध बनाएको छ। उनलाई चाहनेहरू सामाजिक सञ्जाल मार्फत लगातार उनको आत्मशा’न्तिको कामना गरिरहेका छन्। यसैबीच भारतीय लेखक तथा निर्देशन चारुदत्त आचार्यले सुशान्त एक असल मानिस भएको बताएका छन्।

उनका अनुसार, सुशान्त निकै दयालु र भावुक किसिमका व्यक्ति थिए। आफ्नो पुरै परिवार उनको फ्यान भएको बताउँदै उनले सुशान्तले कसैको दुख देख्न नसक्ने र सहयोग गर्न अघि सर्ने खुलाएका छन्। यसको उदाहरणका निम्ति सन् २०१८ मा नागाल्याण्ड्मा आएको बाढीपश्चात् सुशान्तले गरेको सहयोगलाई लिन सकिन्छ।

त्यस बखत उनी दिल्लीमा सुटिङ गर्दै थिए। नागाल्याण्ड्मा बाढीको प्र’कोप सुनेपछि उनी त्यहाँ पुगेर मुख्यमन्त्री राहत कोषमा एक करोड पच्चीस लाख रुपैयाँ दानस्वरुप जम्मा गराएका थिए।

सन् २०१८ मा नै केरलमा भीषण बा’ढी आएपछि त्यहाँका सयौं मानिसले ज्या’न गु’माउनु परेको थियो भने लाखौं मानिस घरबारबिहिन भएका थिए। त्यतिबेला सुशान्तका एक फ्यानले इन्स्टाग्राम पोस्ट मार्फत सुशान्तसँग सहयोगको अपिल गरेका थिए।

उनी चाहन्थे सुशान्तले बाढी पीडितलाई सहयोग गरून् । त्यो अनुरोधात्मक पोस्ट सुशान्तसम्म पुगेपछि उनले सहयोगको बाचा गरेका थिए र सोही अनुरुप राहतको रूपमा केरल रिलिफ फन्ट्मा एक करोड रुपैयाँ दानस्वरुप जम्मा गरेका थिए। यी त केवल उदाहरण मात्र हुन्। सुशान्तले यस्ता थुप्रै सहयोगहरू गरेका थिए।

आजको समयमा मान्छेले चर्चा बटुल्नका निम्ति पिडितलाई सहयोग गरेको नाटक गर्छन् र हल्ला फिँजाउँछन्। तर सुशान्तले दुई वर्ष पहिले चुपचाप गरेको सहयोगको न त कतै समाचार बन्यो न त चर्चा नै।

किनकि सुशान्त आफूले गरेको सहयोगको चर्चा चाहन्नथे। उनले जे गरे चुपचाप गरे। आज उनको मृत्युपछि उनले गरेको राम्रो कामको चारैतिर चर्चा भैरहेछ। मानिसहरू उनको प्रसंशा गरेका नथाक्ने भएका छन्। भनिन्छ नि, असल मान्छेको गुणगान मृ’त्यपछि गाइन्छ। सुशान्त यस संसारमा नरहे पनि उनी आफ्ना असल कार्यहरूमा सदैव जीवित रहनेछन्। हार्दिक श्र’द्धाञ्जलि नायक।

Related Articles

Back to top button
Close