Video

बल्छी धुर्बेको यति ठुलो मन-सहयोग बोकेर घरमै पुगे लकडाउन भरी एक परिवारको खर्चको जिम्मा लिए(भिडियो)

बल्छी धुर्वे सानैदेखि विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुन्थे । हरेक शुक्रबार हास्यव्यंग्य कार्यक्रम हुन्थ्यो । हाउस–हाउसबीच प्रतिस्पर्धा हुन्थ्यो । कक्षा ९ मा पढ्दा प्रतिस्पर्धामा प्रथम भएका थिए। त्यसले उनलाई हौस्यायो ।

एसएलसी दिएपछि काठमाडौंमा कलेज पढ्न र कलाकारितामा केही सिक्न आए । यहाँ आएपछि दर्पण फिल्म्समा अभिनय कक्षा लिन थाले। दीपक क्षेत्री सरसँग दुई वर्ष अभिनय सिके। त्यसवेला केही फिल्महरूमा कतै–कतै देखिने मात्रै अवसर पाए । ‘आयो है’ भन्न नपाउँदै गइहाल्ने सिनहरूमा काम गरे।

उनले जितु नेपालको फोन नम्बर पाए । त्यसपछि नले जितु नेपाललाई फोन गरिरहन्थे। जिरे खुर्सानीमा रोलका लागि अनुरोध गरे। त्यहाँ पनि कतै–कतै देखिने अवसर मात्रै पाए। करिब ५–६ महिनापछि एकपटक कृषकले गरेको आन्दोलनको सिनमा ‘कृषक कृषक एक हौँ’ भन्ने डाइलग पाए। धेरै पछि यत्ति बोल्ने अवसर मिल्यो उनलाई।

उनले केदार घिमिरे ‘माग्ने बुढा’को फोन नम्बर पाए । त्यसपछि उहाँलाई दिनहुँ फोन गर्न थाले। नले दैनिक फोन गरिरहेको कारण ‘आऊ, तर अहिले नै रोलचाहिँ पाइन्न’ भनेर बोलाए माग्ने बुढाले । त्यसपछि मेरी बास्सैको सेटमा दैनिक जान थाले। त्यसवेला उनले साउन्डम्यान भएर काम गर्न थाले। बिस्तारै डाइरेक्टर असिस्टेन्ट भएर काम गरे। स्क्रिप्ट लेख्दा पनि उनलाई राख्न थालियो। केही समयपछि उनले ‘बल्छी धुर्बे’को रोल पाएका थिय।

अहिलो विश्व भरी कोरोनाका कारन लकडाउन भएका बेला बल्छी सहयो गर्दै हिडेका छन ,उनको लकडाउन समय कसरी बित्दै छ त? हेरौ यो भिडियो बाट..

Related Articles

Back to top button
Close