चीनबाट ७८ पांग्रे गाडीमा मेसिनरी प्लान्ट नेपाल आइपुग्यो
काठमाडौं। धादिङको बेनीघाट रोराङगाउँपालिकामा निर्माणाधीन चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको मेसिनरी प्लान्ट चीनबाट ६ महिनामा आइपुग्यो हुवासिनको प्लान्ट, ७८ पांग्रे गाडीमा इन्जिनीयरसहित ३२ जना आए आइपुगेको छ।चीनको वुहानबाट कोलकाता हुँदै ६महिनामा धादिङस्थित उद्योग परिसरमा आइपुगेको हो।
७८ वटा पांग्रा भएको यो गाडीको भाडामात्रै १ करोड १० लाख रुपैयाँ छ। उद्योगका नेपाली साझेदार सुरज वैद्यले ६महिनामा उद्योगका लागि आवश्यक मेसिनरी प्लान्ट आइपुगेको जानकारी दिए।‘वुहानबाट हिडेको ६ महिनामा बल्ल उद्योग परिसरमा मेसिनरी प्लान्टसहितको गाडी आइपुगेको छ,
उनले बिजमाण्डूसँग भने, ‘केही दिनभित्रै हामी यो मेसिनरी प्लान्ट जोड्ने काम सुरु गर्छौ।’ वुहानबाट पानी जहाजमा हालेर यो गाडी ल्याइएको थियो। गाडीमै ३२ जनाका लागि खाने र बस्ने सुविधासमेत थियो।वैद्यले तोकिएको समयमा सिमेन्ट उत्पादनका लागि अवरोध छिचोल्दै अघि बढेको बताए। ‘कुनै पनि काम सुरु गरिसकेपछि समय महत्वपूर्ण हुन्छ। समयमा
परियोजना सकिएन भने त्यसले दीर्घकालीन रूपमै उद्योगलाई नोक्सानी पुर्याउँछ। त्यही भएर हामीले योजना अनुसार नै काम अघि बढाइरहेका छौ,’ उनले भने, ‘उद्योग सुरु गर्दा हामीले बाढीले क्षति पनि ब्योहोर्यौं। तर बाढीको क्षति हेरेर बसेनौं तत्कालै काम अघि बढायौं।’उद्योग निर्माण थाल्दा आठ महिनामा उत्पादन थाल्ने लक्ष्य लिइएको थियो। तर बाढीसँगै संसदीय समितिले समेत उद्योग निर्माणमा मापदण्ड मिचिएको भन्दै काममा अवरोध गरेको थियो ।
तर ती सबै अवरोध छिचोल्दै चिनियाँ र नेपाली प्रवर्द्धकले उद्योग निर्माणलाई निरन्तरता दिए।‘स्थानीय जनताले कोरोना संक्रमणको कठिन बेलामा पनि निरन्तर काम गर्न दिइरहनुभएको छ। हामीले पनि सुरक्षाका सबै उपाय अवलम्बन गरेर काम अघि बढाइरहेका छौं,’ वैद्यले भने, ‘अहिलेको रफ्तारमै काम भएमा दसैं अगाडि सिमेन्ट उत्पादन सुरु हुनेछ।’ उनका अनुसार उद्योग निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ।उद्योगका लागि चाहिने पुँजी विदेशकैवैद्यले
उद्योगका लागि आवश्यक ७० प्रतिशत पुँजी विदेशबाटै ल्याउने बताए। ‘विदेशी लगानी भन्ने तर आवश्यक पैसा यहाँबाट लिने प्रवृत्ति पनि देखिएको छ। तर हामीले चीनबाटै पैसा ल्याउँछौं,’ उनले भने, ‘पुँजी र प्रविधि विदेशकै हुन्छ।’ट्रान्समिसन लाइनमा निर्माण हुँदैविद्युतको ट्रान्समिसन लाइन विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहको छ। उद्योगका लागि ३५ मेगावाट विद्युत आवश्यक पर्नेछ। विभिन्न प्रक्रियापूरा गर्दागर्दै ट्रान्समिसन लाइनको काम अघि बढ्न नसकेको वैद्यले बताए।सरकारले फास्ट ट्रयाकमा नीतिगत निर्णय गरिदिनुपर्ने बताए।
उनले उद्योगले विद्युत प्रसारण लाइन जडान गर्न वाता वरणीय प्रभाव मूल्यांकन काम सुरु गरेको बताउँदै बर्खा याममा रुख कटान गर्न नपाइने भएकाले भदौ महिनासम्म उद्योगले विद्युत जडान गर्ने बताए।उद्योग क्षेत्रमा सरकारले सडक तथा विद्युत पुर्याइदिने सम्झौता अनुरूप संघ र प्रदेशका दुवै सरकारले आर्थिक सहयोग उपलब्ध गराएको वैद्यले बताए। उनका अनुसार उद्योगले पहिले सडक निर्माण गरेर पछि मात्रै भुक्तानी लिइएको हो।