News

‘अ’प’हर’णमा परे मलाई बचाउ साथी’ भन्दै फोन गरेका खड्का जंगलमा झु’ण्डिएको अवस्थामा मृ’त भेटिए

काठमाडौ । धनगढीमा आइतवार मृ’त फेला परेका युवकको घटना रह’स्यमी बन्दै गएको छ । उनी चार दिन अघिवाट ह’रा’एका थिए । डोटीको पूर्वीचौकीका १८ वर्षीय युवक ठक्करबहादुर खड्कालाई प्रहरीले आईतबार गेटा सामुदायिक वनमा मृ’त फेला परेको थियो । उनीसंगै बस्ने साथीको वयानले घटना र’हस्य’मयी बनाएको छ । उनी हरा’एको चार दिन पछि गेटा सामुदायिक वनमा रुखमा झु’ण्डि’एको अवस्थामा मृ’त फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले घटनाको अनुसन्धान जारी राखिएको बताएका छन्। तर उनीसंगै कोठा भाडामा बस्ने एक जना साथीको बयानले भने घटनाका बारेमा थप कुरा सार्वजनिक भएको छ । उनलाई इमोवाट कसैले तिमीलाई चिठ्ठा परेको छ भनेर भन्दै आएको र उनी सोही कुराको पछि लागेको खुलेको छ ।

सेती प्राविधिक शिक्षालय दीपायलमा कृषि जेटिएको अध्ययन सकेर उनी क्याम्पसको पढाई पुरा गर्न तीन महिना देखि धनगढीमा बस्दै आएका थिए । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तरबेहडीमा पूर्वीचौकीकै धर्म चिरालसगै बस्दै आएका उनी चिठ्ठा पर्यो भन्दै पैसा असुल गर्ने गि’रो’हको सम्पर्कमा पुगेको प्रारम्भिक अनुसन्धानवाट देखिएको हो । खड्काले संगै डेरामा बस्ने साथी चिराललाई यस बारेमा भनेका थिए ।

आफुलाई इमोमा कसैले तिमीलाई २५ लाखको चिठ्ठा परेका र त्यो पैसा पाउन पहिला ५५ हजार रुपैया पठाउनुपर्ने भन्दै कसैले भनेको चिरालसंग बताएका थिए । तर चिरालले त्यस्ता कुराको पछि नलाग्न आफुले सम्झाउँदा पनि नमानेको बताएका छन् । आफुलाई थाहा नदिएर गाउँमा रहेका बुवासंग ५५ हजार रुपैया समेत खड्काले मगाइसकेका थिए ।

५५ हजार रुपैया पाइसेकेको सो समुहले फेरी ईमोबाट फोन गरेर थप एक लाख ३५ हजार रुपैँया मागेको पनि उनले साथीलाई बताएका थिए । त्यती बेला पनि आफुले त्यस्ताको कुरा विश्वास नगर्न सम्झाएको चिराल बताउँछन् । उनले प्रहरीमा दिएको वयानमा घटना भएको राति ८ वजे तिर उनले म अ’पह’रण’कारीको पं’जामा परेँ मलाई ४ जनाले ल’खेटि’रहेका छन् बचाउ ! भनेर फोन गरेका थिए ।

खड्काले साथीलाई मात्र नभएर आफ्ना एक जना दाईलाई फोन गरेर आफ्नो ज्यान जोखिममा रहेको जानकारी गराएका थिए । भाईको त्यस्तो फोन आएपछि खड्काका दाई नै प्रहरी लिएर खोज्न जाँदा उनी फेला परेनन् । तर ४ दिन पछि उनी झु’ण्डिएको अवस्थामा मृ’त भेटिए । प्रहरी कार्यालय नजिकै जंगलमा उनको शव फेला परेको हो । खड्काका परिवारले घटना र’हस्य’मयी भन्दै अनुसन्धानको माग गरेका छन् । अहिले मृ’तकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Related Articles

Back to top button
Close