News

चार्टर जहाजमा चढेर स्वदेश फर्किइन् नायिका उगेन

काठमाडौं / भुटानी नायिका उगेन छोदेन आफ्नो देश भुटान फर्किएकी छिन् । नेपाली चलचित्र ‘२ नम्बरी’को छायाङ्कनको लागि नेपाल आएकी उनी लक डाउनले यतै अड्किएकी थिइन् । शनिवार बिहान उनले भुटान फर्किने अवसर पाएकी छिन् । उनलाई लिनको लागि भुटानबाट ड्रुक एअरको विमान काठमाडौँ आएको थियो ।

यसबारे उगेनले नै जानकारी दिएकी थिइन् । भुटान फर्किए अनि उनी २१ दिन क्वारेन्टाइनमा बस्नु पर्ने छ । उनी पारोको एक होटेलमा क्वारेन्टाइन बस्ने छिन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’मा उगेनले दयाहाङ राईसँग जोडी बाँधेकी छिन् ।

दयाहाङ र उगेनसँगै पल शाह र वर्षा राउतको पनि मुख्य भूमिका रहने छ । पोखरा आसपास छायाङ्कन गरिएको चलचित्र लक डाउनले गर्दा बिचमै छायाङ्कन रोकिएको छ । अवस्था सामान्य भएपछि चलचित्रको छायाङ्कनको लागि उगेन नेपाल फर्किने बताइएको छ ।

Related Articles

Back to top button
Close