Video

जवानी हुँदा सम्म ठिकै थियो, अपाङ्ग भएपछि दश बर्ष देखी एउटा कोठामा ब’न्दी बनाएर श्रीमान बे’पत्ता (भिडियो हेर्नुस्)

काठमाडौं । खोटागंकी सम्झना पुन । उनले २०६८ सालमा गाउँमा घाँस का’ट्न जाँदा रुख ढ’लेर मेरुदण्डमा लाग्यो । काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचार गराइन् । तीन वर्ष अघि सम्म उनी हलचल गर्न पनि सक्दिनथिन् । अहिले शरिर चलाउन भने मिल्छ तर मेरुदण्ड भन्दा तलको भाग भने चल्दैन । उनी अहिले ह्वीलचेयरको माध्यममा जिवन चलाइरहेकी छन् ।

घाँस का’ट्न जाँदा रुखको हाँगा ‘झरेर मेरुदण्डमा लागेको उनले बताइन् । त्यती बेला उनी १९ वर्षकी थिइन् । विवाह भएर एउटा सन्तान पनि जन्मिएको थियो । खोटागंमा त्यस्तो भएपछि उनलाई माइतीको आमाले छोरीलाई उपचारको लागि काठमाडौं लिएर आइन् । सुरुमा शिक्षण अस्पतालमा उपचार गराउँदा सम्भव नभएपछि उनलाई विएण्डवी अस्पताल पठाइयो । लामो उपचार गर्दा झण्डै २२ लाख खर्च लागेको बताइन् ।

आफुलाई त्यस्तो हुँदा श्रीमान मलेसियामा थिए । दुर्घटना हुँदा मलेसियामा भएका श्रीमान अहिले झन टाढीएका छन् । दुर्घटना भएपछि श्रीमानले चटक्कै छोडिदिए । दुर्घटना हुनुअघि सम्म राम्रै सम्बन्ध भएका श्रीमानले दुर्घटना पछि एक महिना सम्म पाँच, दश हजार रुपैया पठाउँथे त्यसपछि उनी सम्पर्क विहिन भए । अहिले ६८ साल देखि यता श्रीमानलाई देखेकी पनि छैनन् ।

शौचालय समेत जान अप्ठेरो पर्ने बेलामा श्रीमानले पनि साथ छोडिदिएपछि अहिले उनको बिचल्ली भएको छ । श्रीमानले मात्र होइन त्यो दुर्घटना पछि श्रीमानको परिवारसंग पनि सम्पर्क नभएको र कसैले सहयोग नगरेको बताएकी छन् ।

दुर्घटना हुँदा जन्मिसकेको थिए एक सन्तान, उनले नै अलिअलि सहयोग गर्ने गरेका छन् । छोराको कति रहर होला, त्यो पुरा गर्न सक्दिन उनले रुँ’दै भनिन्, मेरो औषधि खर्चमा ठूलो रकम खर्च हुन्छ, त्यसैले श्रीमानले पनि छोडे परिवारका सदस्यले पनि हेर्दैनन् ।

कहिले खानै नपुग्ने अवस्था आउँदा माइतीको आमाबुवाले खानेकुरा ल्याइदिने गरेको बताइन् । त्यसरी वेवास्ता गर्ने श्रीमानले उनलाई आफुलाई नहेरे पनि छोरालाई हेरिदिन आग्रह गरिन् । मैले त केही गर्न सक्दिन, मेरो माया नलागेपछि छोरालाई हेरिदिए हुन्थ्यो, उनले भनिन् ।

Related Articles

Back to top button
Close