Health
फेरि थपिए कोरोनाका बिरामी, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै एकजना पुरुषमा कोरोना पुष्टि भएको हो।
मन्त्रालयले ठेगाना नखुलाए पनि एकजना ६५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन्।
मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष पनि भारतीय हुन्। ती पुरुष शुक्रबार उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जना संक्रमित समूहकै रहेका मन्त्रालयले जनाएको छ। उनी पनि भारतीय नागरिक भएको मन्त्रालयले जनाएको छ ।