News

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, २० देशको तालिका

काठमाडौँ । आज वैशाख ७ गते (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १२२ रुपैया ५३ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ८९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ १२ पैसा र बिक्रिदर १ सय ५२ पैयाँ ८६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close