Video

जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी आँसु झार्दै, राहत बाढ्दै (भिडियो हेर्नुहोस्)

काठमाडौं ०९ असार / विश्वभर फ‌लिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) बाट बच्न नेपाल सरकारले चैत ११ गतेदेखि मुलुकमा लामो समयसम्म लकडाउन गरेपछि धेरै मानिसको जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै कोरोनासँग बच्न घरमै बसिरहेका नागरिकलाई कलाकर्मीहरुले सहयोग गर्दै आइरहेका छन् । पछिल्लो समय नेपाल लगायत विश्वमानै लोकप्रिय बनेको छोटो भिडियो सेयर गर्न मिल्ने प्ल्याटफम “टिकटक” बाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले काठमाडौं बानेश्वर स्थित एक बालआश्रममा पुगेर राहत सामग्री वितरण गरेका छन् ।

टिकटकबाट चर्चा बटुल्दै म्युजिक भिडियोमा समेत राम्रो पहिचान बनाइसकेका “प्रिज्मा प्रिन्सी” जुम्ल्याहा दिदीबहिनीले झण्डै दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनिहरुको पहिलो डेब्यु म्युजिक भिडियो चाहिँ सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद ” हो ।

Related Articles

Back to top button
Close