International

भारतले चीनसँगको सीमामा गोर्खा सैनिकलाई पठाउन लागेको भन्दै आयो यस्तो डर लाग्दो चेतावनी..

काठमाडौ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको (नेकपा)ले गोर्खा भर्ती खारेज गर्न माग गरेको छ । उसले शनिबार एक बिज्ञप्ति जारी गर्दै यसको तत्काल खारेजीको माग गरेको हाे ।

गोरखा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवादकालीन र नेपाली सामन्ती राणाकालीन सम्झैताको निरन्तरता भएको भन्दै विप्लव समुहले यसको खारेजी गर्न माग गरेको छ ।तत्कालीन समयमा पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि ल ड्न पठाउने चलन २१ औं सताब्दीमा पनि देशका लागि लज्जास्पद र अपाच्य हुने विप्लव समुहको ठहर छ ।

भारतले चीनसँगको सीमामा दुई पक्षका सैनिकबीच झ डप भएपछि विदामा बसेका नेपाली गोर्खा सैनिकलाई बिदा कटौती गरेर बोलाएको प्रसंग जोड्दै चीनबिरुद्ध ल ड्न नेपाली गोर्खाली सेना पठाउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

नेपाली नागरिकले कुनैपनि देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य स्वीकार्य नहुने विप्लव समुहको ठहर छ । बिज्ञप्तिमा दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको भन्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरिएको छ । फाइल तस्वीर,

Related Articles

Back to top button
Close