News

आफन्तवाटै ब’ला’त्कृत भएकी १३ वर्षकी बालिकले छोरी जन्माइन्, क्वारेन्टिनवाट युवक पक्राउ

लमजुङ । आफन्तवाटै ब’ला’त्कृत भएकी एक ज्ञ३ वर्षकी बालिकाले चितवन स्थित भरतपुर अस्पतालमा छोरी जन्माएकी छन् । उनलाई आफन्तले नै करणी गरेको भन्दै असार १ गते प्रहरीमा उजुरी परेको थियो ।

बेंसीसहर नगरपालिकाकी १३ वर्षीया बालिकालाई करणी गरेर भारत गएका उनलाई भारतवाट आएर क्वारेन्टिनमा बसेको बेलामा प्रहरीले पक्राउ गरेको हो । तत्काल पक्राउ गर्दा युवकलाई कोरोना लागेको हुनसक्ने भन्दै प्रहरीले कोरोनाको रिपोर्ट नेगेटिम आएपछि पक्राउ गरेको छ । ति १९ वर्षका युवक बालिकाका आफन्त हुन् ।

बालिकाले बच्चा जन्माएपछि छिमेकीले घर समेत जान नदिएर अलपत्र परेकी थिइन् । उनलाई संरक्षण कर्ता संस्थाहरुले संरक्षण दिएका थिए । उनले जेठ २७ मा चितवनस्थित भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

भारतबाट फर्किएर बेंसीसहरको क्वारेन्टाइनमा रहेका आरोपित युवकलाई कोरोना नभएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ । बालिकाले घटना गत असोज २ गते भएको बताएकी छन् । कोही नभएको मौका छोपेर ती युवक किशोरीको घरमा गएर ज’बर्ज’स्ती करणी गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । बालिकालाई करणी गरेर उनी भारत भागेका थिए ।

छोरीको पेट बढ्दै गएपछि गत वैशाख अन्तिम साता आमाले ती किशोरीलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल लैजाँदा उनी गर्भवती भएको खुलेको थियो ।

Related Articles

Back to top button