Entertainment

“म मर्न गएको हैन” भन्दै सामाजिक सञ्जालबाट टाढा भइन् नेहा

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्मह-त्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहि-ष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूवि-रुद्ध आत्मह-त्याका लागि उक्साएको लगायतका आ-रोप लगाउन थालिएको छ।

सुशान्तले आत्मह-त्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन्।पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको वि भेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन्।

पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमा न, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ।बलिउडमा पनि यस्को प्रभाब परेको छ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् । आलिया भट्ट ट्रोलकी शिकार भइरहेकी छिन् । करण जोहरले शंकास्पद व्यवहार देखाउन थालेका छन् ।

अहिले आएर भारतीय गायिका नेहा कक्करले पनि सामाजि सञ्जाल चलाउन छाडेकी छिन् । सामाजिक सञ्जालमा बढि नकरात्मक कुरा आएकाले आफूले सामाजिक सञ्जाल चलाउन छाडेको उनले लेखेकी छिन् ।

उनले विदा हुनु अघि आफ्नो इन्स्टाग्राममा लेखेकी छिन, ‘म निदाउन जाँदै छु । मलाई उठाउँदा अलि राम्रो दुनियाँमा उठाउनु । यस्तो दुनियाँ जहाँ स्वतन्त्रता, प्रेम, आदर, हेरचाह, हसिमजाक हुन्छ । नातावाद, आहरिस, जलन, ग्रुपिजम र हिटलर जस्ता मान्छे भएको ठाउँमा मलाई नउठाउनु । आत्मह-त्या हुने दुनियाँमा मलाई नठाउँनु ।

जाँदाजाँदै उनले भनेकी छिन, ‘मेरो चिन्ता लिनुपर्दैन । म म-र्न जान लागेकी होईन् । मात्रै यो सामाजिक सञ्जालबाट केही समयलाई विदा लिएकी हुँ ।’तर अहिले उनले त्यो पोष्ट भने हटाइसकेको छिन् ।

Related Articles

Back to top button