Video

सुशान्त राजपुत सपनामा आएर भने, ‘राखी म तिम्रो गर्भवाट फेरी जन्म लिँदैछु मेरो फ्यानलाई भनिदिनु’ (भिडियो हेर्नुस्)

एजेन्सी । बलिउड अभिनेता सुशान्त राजपुतको निधन पछि अर्की नायीका राखी सावन्तले सार्वजनिक गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सो भिडियोको धेरैले आलोचना समेत गरेका छन् । निधन भएका ब्यक्तिका विषयमा त्यस्तो मजाक उडाएको भन्दै धेरैले राखिको आलोचना गरेका छन् ।बलिउड अभिनेत्री राखी संधै चर्चामा रहने कलाकार हुन् । उनी आफ्नो अभिब्यक्ति र कहिले काँही उनले गरेका कृयाकलापका कारण चर्चामा छन् ।

अहिले सुशान्तलाई लिएर दिएको अभिब्यक्तिका कारण फेरी एक पटक चर्चामा आएकी छन् । उनले आफ्नो सपनामा सुशान्त आएको र निकै अचम्म लाग्ने कुरा गरेको दावी गरेकी छन् । एउटा भिडियो सार्वजनिक गर्र्दै उनले भनेकी छन् की सुशान्तले मलाई भने, तिम्रो विवाह हुनेछ अनि म तिम्रो गर्भमा तिम्रो सन्तानका रुपमा फेरी आउने छु ।

भारतीय मिडियाले राखीले सुशान्तको निधनको मजाक उडाएको भन्दै समाचार बनाएका छन् । राखिले भिडियोमा भनेकी छन्, हेर्नुस् साथीहरु मैले तपाईहरुका लागि एउटा खुसीको कुरा सुनाउन चाहन्छु । जव म रातमा निदाइरहेकी थिए । अकस्मात झट्का साथ केही आयो । अनि मैले तिमी को हो रु भनेर सोधे ।

त्यो ब्यक्तिले म सुशान्त हुँ भन्यो । उसले भन्यो मेरो फ्यानलाई भन्यो म फेरी जन्म लिँदै छु । उनले अगाडी भनिन्,, ‘राखी तिम्रो विवाह हुनेछ र म तिम्रो गर्भबाट जन्म लिनेछु।’ राखीको यो भिडियो सोशल मीडियामा लगातार भाइरल भइरहेको छ। उनको यस भिडियोमा प्रशंसकहरू अत्यन्त रिसाएका छन्। व्यक्तिहरू भन्छन् कि मरेका कसैलाई त्यस्तो ठट्टा गर्नु ठीक हुँदैन।

उनले सुशान्तलाई अरुले गरेको अपमानका कारण आफुले त्यस्तो निर्णय लिएको पनि राखीको दावी छ । राखिले सुशान्तले आफुलाई फिल्म क्षेत्रले निकै सताएको, सबैले मलाई वहिष्कार गरेको र सबै मिडियाले पनि मलाई दिमागी सन्तुलन ठिक नभएको भन्दै आरोप लगाएको कारणले यस्तो निर्णय लिएको बताएको दावी गरेकी छन् ।

उनले कंगना, राखी लगायतका केहीले मलाई सहयोग गरेको पनि आफुलाई बताएको दावी गरिन् । उनले मेरो शरिर जिवित नभएपनि मेरो आत्मा जिउँदै भएको भन्दै उनले फिल्म अधुरो भएका प्रोड्युसरलाई फिल्म पुरा गर्न र राखि र सन्नी लियोनीको आइटम डान्स राख्ने सुझाव पनि दिएको बताएकी छन् ।

अघिल्लो आइतवार सुशान्तको आफ्नै बान्ध्रा स्थित घरमा निधन भएको थियो । उनले देह त्याग गरेका थिए । उनले यस्तो निर्णय गर्नुको पछाडी बलिउडमा भएको परिवारवाद भन्दै घटनाको छानविनको माग गरिएको छ । प्रहरीले पनि विभिन्न पाटोमा सो घटनाको अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close