Intresting

कोरोनाको संक्रमण रोक्छु भन्दै जब यि युवाले आफ्नो जिब्रो का टे

काठमाडौंं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि अहिले विश्वका धेरै देशमा लकडाउन गरिएको छ । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले लकडाउन गरि कसैलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध गरिएको छ ।

यस्तो अवस्थामा लकडाउन हुँदा विभिन्न अनौठा घटनाहर पनि घटिरहेका छन् । यस्तै भारतमा पनि एक अनौठो घटना घटेको छ । भारतिय मिडियाका अनुसार भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जिब्रो काटेका छन् ।

उनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आफ्नो जिब्रो काटेको बताइएको छ । पाकिस्तानसँगको सीमाबाट १८ किलोमिटर टाढा नदेश्वरी गाउँमा उक्त युवाले कोरोनाभाइरस रोक्न आफ्नो जिब्रो काटेर जिब्रो काटेको भारतिय मिडियामा बताइएको छ । जिब्रो काटेर देउतालाई बलि दिने ती युवा विवेक शर्मा रहेको र उनी मध्य प्रदेशस्थित मोरेनामा बस्ने गरेको बताइएको छ ।

Related Articles

Back to top button
Close