International

पाइलट र को-पाइलट कोरोनाको गफमा भुल्दा विमान दुर्घटना , ९७ जनाको गयो ज्यान

काठमाडौं । पाकिस्तानमा ९७ जनाको ज्यान जानेगरि भएको विमान दुर्घटनामा पाइलट र को-पाइलट जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। गत महिना विमानस्थल नजिकै भएको दुर्घटनामा ९७ जनाको ज्यान गएको थियो।

दुर्घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो निष्कर्षमा यस्तो निष्कर्ष निकालेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानका नागरिक उड्डयन मन्त्री गुलाम सरवार खानले बुधवार संसदमा भने, ‘उनीहरू प्रोटोकलको पालना असफल भएका थिए।’

मन्त्री खानले पाइलट र को-पाइलट विश्वव्यापी कोरोना महामारीको बारेमा कुराकानी गरिरहेको र त्यसबेला चालकहरूको ध्यान मोडिएका कारण दुर्घटना भएको बताए। गत महिनाको २२ तारिखमा यात्री विमान कराचीको आवासीय क्षेत्रमा दुर्घटनामा परेको थियो।

दुर्घटना यति डरलाग्दो थियो कि उक्त विमानमा सवार केवल दुई यात्रीहरू मात्र बाच्न सफल भए। लकडाउनकाबीच पाकिस्तानले आन्तरिक उडान सूचारु गरेको ३ दिनमै विमान दुर्घटनामा परेको थियो।

पाकिस्तान इन्टरन्यासनल एयरलाइन्सको एयरबस ए-3२० उक्त विमानमा अन्य कुनै खराबी नहरेको मन्त्री खानले संसदलाई जानकारी दिए।

उनले भने, ‘पायलटले एअर ट्राफिक कन्ट्रोलर (एटीसी)को निर्देशनलाई बेवास्ता गरे, अर्कोतर्फ एटीसीले पाइलटलाई जहाजको इन्जिन टकराउन लागेको कुरा बेलैमा बताएन।’

कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यात्री विमान लाहौरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। ज्यान गुमाउने अधिकांश यात्री इस्टमित्रसँग इद पर्व मनाउन जाँदै थिए।

Related Articles

Back to top button
Close