Health

बिहानै खालीपेटमा एक गिलास पानी पिउदा हुन्छन यस्ता चमत्कारीक लाभ

काठमाडौं । स्वास्थ्यका लागि पानी पिउनु धेरै लाभदायक हुन्छ । पानीमा पनि आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्दत गर्छ । आज हामी यसका फाइदाका बारेमा चर्चा गर्न गइरहेका छौ । दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदाता केही फाइदाहरु…

दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ ।मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ ।नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ ।यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ । एजेन्सी

Related Articles

Back to top button