News

सुस्मिताको ह’त्या’रा पत्ता लगायो प्रहरीले , थाहा पाउदा सबै अचम्मित

असार २ गते घरकै भान्सा कोठामा मृ’त भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको ह’त्या’मा ससुरा र नन्दको संलग्नता देखिएको छ । एकसाता लामो अनुसन्धानपछि ह’त्या’मा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

त्यस दिन खाना खाने समयमा विवाद भएको र भान्सा कोठामै लोहोराले हानेर सुस्मिताको ह’त्या भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । घटनाको क्रममा सासुले रोक्न खोजे पनि नन्द र ससुराले विभत्स ढंगबाट ह’त्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए ।सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दु’र्घ’ट’ना’मा मृ’त्यु भएको थियो । त्यसपछि परिवारमा विवाद भएपछि सुस्मिता माइत बस्दै आएकी थिइन् ।

तर श्रीमानको मृ’त्यु’को ६ महिना पुगेको अवसरमा गर्नुपर्ने साँस्कृतिक कामका लागि उनी घर फर्किएकी थिइन् । लगत्तै लकडाउन भएकाले माइत फर्किन नपाएइको देखिएको एसपी राठौरले बताए । ह’त्या’मा परिवारकै सदस्य संलग्न भएको पुष्टि हुने आधार देखिए पनि घरबाहिरका पनि कोही संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान प्रक्रियालाई फराकिलो पारेको छ ।

सुस्मिताका ससुरा र नन्दलाई प्रहरीले हिरासतमा राखी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चो ट लागेको, आँखासमेत फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । उनको घाँटी र अन्य भागमा समेत चो ट देखिएको प्रहरीले जनाएको छ । सुस्मिताको श’व भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो । From etajakhabar

Related Articles

Back to top button
Close