International

भारतीय चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनाग्रस्त

एजेन्सी । बलिउड लोकप्रिय अभिनेता गोविन्दाका छोरा सवार कार दुर्घटनामा परेको छ ।भारतीय मिडियाका अनुसार गोविन्दाको कारलाई आदित्य चोपडाको कम्पनी यशराज फिल्म्सको कारले ठक्कर दिएको हो ।ठक्करबाट कुनै मानविय क्षती भने नभएको र कारमा सवार दुवै पक्षको अवस्था सामान्य रहेको छ ।गएराती घटेको घटनापछि दुवै पक्षको समझदारीमा मामिला सुल्झाइएको छ ।

यो पनि पढ्नुहोस्, डाक्टर भन्छन् – कोरोना भाइरस कम्जोर भैसक्यो, यो आफै हराएर जान्छ ! काठमाडौं । नेपालमा कोरोना सुरु भएको ६ महिना पछि कोरोनाका बारेमा केही सुखद समाचार आउन थालेका छन् । इटालीका बैज्ञानिकले अब कोरोना भाइरसको क्षमता कम हुँदै गएको दावी गरेका छन् । रोग विशेषज्ञहरुले अब कोरोनाको खोप नबने पनि यसको क्षमता कम हुँदै गएर आफै हराउने दावी गरेका छन् ।अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्लेखित समाचार अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले यस्तो दावी गरेका हुन् । उनले सुरुको तुलनामा अहिलेक कोरोना भाइरसको शक्ति कमजोर बन्दै गएको बताएका छन् उनले विस्तारैयो भाइरस हराएर जाने पनि दावी गरेका छन् ।समाचार माध्यमले बसेटीका भनाईलाई उल्लेख गर्दै भनेको छ, मार्च र अप्रिलको शुरुको तुलना मा अहिलेको

अवस्था निकै फरक बनिसकेको छ ।सुरुको समयका भाइरसको शक्ति बढी हुने भएकाले मानिसलाई भाइरसले धेरै च्याप्थ्यो तरअहिले रोकथाम गर्न सकिने अवस्थामा पुगेको दावी गरेका छन् । सुरुमा धेरै विरामीलाई अक्सिजन दिएर भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको भए पनि अहिले त्यो अवस्थाका विरामी निकै कम भएको उनको दावी छ त्यसरी आउने विरामीम निमोनियाको समस्या देखिएको उनले बताएका छन् ।मानिसहरुले स्वास्थ्य प्रति सजगता अपनाएका कारण अहिले कोरोनाको जोखिमकम हुँदै गएको उनको अनुमान छ । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने,मास्क लगाउने, भौतिक दुरी काय

म राख्नेजस्ता सुरक्षाका उपाय अपनाएका कारण पनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरेको हुनसक्ने उनले बताए ।बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोनाभाइरस हराउन सक्ने दावी पनि गरेका छन् । तर अन्य केही वैज्ञानिकहरुले भने कोरोना अझ केही वर्ष रहने दावी गरेका छन् बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडि कल स्कुलका प्राध्यापक भरत पंखानियाले अझ केही वर्ष कोरोना भाइरस पृथ्वीमा रहने बताएका हुन् ।त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरो नभाइरसको कारण अहिले झन् धेरै मानिसहरुको निधन भइरहेको बताएको छ ।डब्ल्यूएचओले कोरोनाकोस्वरुप परिवर्तन भएको दावी गरेको छैन ।

Related Articles

Back to top button