News

कतारबाट स्वदेश फर्कन थप १ हजार ९ सय जनाको नामावली सार्वजनिक

दोहा । नेपाल फर्कनका लागि जुन १२ देखि २५ सम्म फाराम भरेका थप नामावली सार्वजनिक गरेको छ । कोरोना भाइरस लगायत अन्य कारणले रोजगारी गुमाई समस्यामा परी स्वदेश फर्किनका कतारस्थित नेपाली दूतावासले उपलब्ध गराएको दर्ता फाराम भरेर तथा अन्य माध्यमबाट समस्या टिपाएका दोश्रो चरणको नामावली दूतावास प्रकाशन गरेको छ ।

१ हजार ९ सय ३१ नेपालीको नामावली सार्वजनिक गरेको छ । यी मध्ये प्राथमिकतामा आधारमा नेपालीहरुको छनोट गरी उडान तय गरिने दूतावासले जनाएको छ । उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।

यसअघि दुतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको थियो । अहिले नामावली प्रकाशन गरेकाहरुको अहिले उडान भैरहेको छ ।

अब अर्को उडान २७ जुन अर्थात् असार १३ गते नेपाल एयरलाइन्स मार्फत हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपालीको सूची दूतावासले सार्वजनिक गरिसकेको छ । दूतावासका अनुसार नेपाल एयरलाइन्सले २९ र ३० जुनकाे उडान गर्ने छ ।

तेश्रो र चौथो उडानका लागि संलग्न सूचीमा नाम भएका व्यक्तिहरुले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको दूतावासले जनाएको छ । अहिलेसम्म कतारबाट आममाफी पाएका ४३ सहित ४ सय ९५ जना र २० वटा शव नेपाल पुगिसकेको छ ।

Related Articles

Back to top button
Close